नेपाली

चीनको आर्थिक विकासको लाभ नेपालले प्राप्त गर्न थालेको नेपालका लागि चिनियाँ राजदूतको भनाइ

criPublished: 2023-09-23 16:53:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालका लागि चीनका राजदूत छन सोङले छिमेकी मित्रराष्ट्रका रुपमा नेपाल र चीनबीच विविध क्षेत्रमा भएका सार्थक सहकार्यले बिआरआईको फ्रेमवर्कभित्र सकारात्मक नतिजा हासिल गर्न मद्दत पुगेको बताउनु भएको न्युजपोलार अनलाइनले लेखेको छ। जनगणतन्त्र चीन स्थापनाको ७४ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित चिनियाँ राजदूतावासले सेप्टेम्बर २२ तारिख बिहीबार आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्दै राजदूत छन सोङले भन्नुभयो, नेपालमा विगत सात वर्षदेखि निरन्तर चीनबाट सर्वाधिक वैदेशिक लगानी भित्रिएको छ। नेपालमा चिनिया लगानी भित्रिएसँगै एक लाख भन्दा बढी व्यक्तिले नेपालमा रोजगारी पाएका छन्।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको योजना बमोजिम शुरु भएको बेल्ट एन्ड रोड (बिआरआई) स्थापनाको यस वर्ष दशौं वार्षिकोत्सव पनि हो भन्दै राजदूत छन सोङले भन्नुभयो, बिआरआई विश्वभर विकासलाई तिब्रता दिने एक प्रयत्न हो। विगत दशकमा चीनले विकासका हरेक क्षेत्रमा साझेदारीका साथ पहल गर्ने अठोट लिएको छ।”

उहाँले अगाडि भन्नुभयो, चीनको आर्थिक विकासको लाभ नेपालले पनि हासिल गर्न थालेको मैले महशुस गरेको छु। हालैमात्र, नेपालबाट हाइलेज घाँस चीनको तिब्बत निकासी भएको थियो भने चीनको सामुद्रिक मार्गहुँदै पहिलो पटक सामान आयात भएको छ। चीन–नेपाल कनेक्टीभिटी सञ्जाल निर्माणका कार्यहरुले ढिलै भए पनि क्रमश: मूर्तरुप लिइरहेकाले नेपालले भूपरिवेष्ठित मुलुकबाट आफूलाई “ल्यान्डलिन्क्ड” मुलुकमा लैजाने सपना साकार बनाउँदैछ।”

चीनले गरिरहेको विकासका पहलहरुले विश्वमै नयाँनयाँ अवसरहरु सिर्जना गरिरहेको छ, विगत ७४ वर्षमा चीनले गरेको प्रगतिबाट चीनले मात्र नभई विश्वमै शान्ति र विकासका लागि महत्वपूर्ण योगदान गरेको छ भन्दै राजदूत सोङले भन्नुभयो, “चीनले हालका वर्षहरुमा ३० प्रतिशतभन्दा बढी स्रोतसाधन आर्थिक विकासका कार्यमा योगदान गरिरहेको छ र यसले विश्वव्यापी विकासको एक महत्वपूर्ण इन्जिनका रुपमा काम गरेको छ।”

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn