नेपाली

सार्वजनिक संस्थानलाई मितव्ययी बन्न नेपालका उपप्रधान तथा अर्थमन्त्रीको आग्रह

criPublished: 2023-01-25 15:59:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

राष्ट्र बैङ्कले अहिले डिजिटल बैङ्किङ कारोबारलाई बढाएको भन्दै कोभिडपछि डिजिटल कारोबार सन्तोषजनक रहेको बताउनुभयो। साथै राष्ट्र बैङ्क मुलुकभर बैङ्किङ सेवा विस्तार गर्न लागिरहेको पनि उहाँले बताउनुभयो। सरकारी बैङ्क भएको हैसियतले नेपालको बैङ्किङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैङ्कको छुट्टै जिम्मेवारी, कर्तव्य तथा मार्गदर्शकीय भूमिका रहेको उहाँको भनाइ थियो।

बैङ्क सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले नेपाल सरकारले लिएका अर्थतन्त्र सबलीकरणसम्बन्धी नीतिको सफलतापूर्वक कार्यान्वयन गर्न, नियमनकारी निकायको निर्देशन पालना गर्न र सुशासनका माध्यमबाट संस्थागत कार्यदक्षतामा सुधार ल्याई बैङ्किङ सेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउन भूमिका निर्वाह गर्ने ध्येयका साथ बैङ्कलाई आगामी दिनमा अगाडि बढाउने बताउनुभयो। बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कको वर्तमान स्थिति र समग्र योजनाका बारेमा जानकारी गराउँदै ग्राहक सेवामा पनि अझ सुधार ल्याउने र सरकारी स्वामित्वका संस्थाप्रतिको जनमानसमा रहेको नकारात्मक छवि र सरकारी पाराको आरोपलाई हदैसम्म हटाई बैङ्कलाई हरेक पक्षबाट सुदृढ, सबल र ग्राहकमैत्री बनाउने योजना रहेको बताउनुभयो।

उहाँले २०७९ पुस मसान्तसम्म बैङ्कले दुई खर्ब ८२ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरी दुई खर्ब ४१ अर्ब रुपियाँ कर्जा लगानी गरेको जानकारी दिनुभयो। कार्यक्रममा बैङ्कका उत्कृष्ट शाखा तथा कर्मचारीलाई सम्मान गरिएको थियो।

२०२२ माघ १० गते मुलुकको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कसँग कारोबार गर्ने कुल ग्राहकको सङ्ख्या करिब ३८ लाख पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले सातै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा २६५ शाखा कार्यालय सञ्चालनमा छन्। डिजिटल बैङ्किङ क्षेत्रमा समेत बैङ्कले उल्लेखनीय फड्को मारेको सो बैङ्कका हालसम्म करिब सात लाख एटीएम प्रयोगकर्ता, करिब १६ लाख मोबाइल बैङ्किङ प्रयोगकर्ता, २० हजार इन्टरनेट बैङ्किङ प्रयोगकर्ता तथा १० हजार ब्रान्चलेस बैङ्किङ प्रयोगकर्ता रहेको बैङ्कले जनाएको छ।

https://gorkhapatraonline.com/news/52086

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn