नेपाली

सार्वजनिक संस्थानलाई मितव्ययी बन्न नेपालका उपप्रधान तथा अर्थमन्त्रीको आग्रह

criPublished: 2023-01-25 15:59:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थानहरूले आर्थिक मितव्ययिता, फजुल खर्च कटौती र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क स्थापनाको ५८औँ वर्षमा प्रवेशका अवसरमा मङ्गलबार राजधानी काठमाडौँमा आयोजित समारोहमा उहाँले सार्वजनिक संस्थानहरूले अर्थतन्त्र जोगाउनका लागि खर्च कटौती गर्नुपर्ने बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। अर्थतन्त्र चलायमान बनाउन आर्थिक वृद्धि आवश्यक रहेको भन्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएको समस्या समाधानमा सबैको पहल आवश्यक रहेको बताउनुभयो।

बैङ्किङ सेवाप्रति ग्राहकको आकाङ्क्षा तीव्र रूपमा परिवर्तन भएको सन्दर्भमा रावा बैङ्कले आफ्ना सबै प्रकारका ग्राहकको आकाङ्क्षालाई सम्बोधन गर्ने गरी सेवासुविधामा गुणस्तरीयता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। आफ्ना सेवालाई अझ भरपर्दो विश्वसनीय, सुरक्षित तथा ग्राहकमैत्री बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।

राष्ट्रिय वाणिज्य बैङ्कलाई नाफामा मात्रै ध्यान नदिन आग्रह गर्दै उहाँले सरकारको लगानी रहेको बैङ्कले सार्वजनिक हितमा पनि ध्यान दिनुपर्ने औँल्याउनुभयो। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रका बैङ्कको मर्जरमा राष्ट्र बैङ्कले बाध्यात्मक व्यवस्था नगरे पनि अहिलेको व्यावसायिक आवश्यकता बुझेर मर्जर गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सरकारी स्वामित्वका तीन बैङ्क (नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्क) पनि मर्जरमा जान सक्ने बताउनुभयो। “सरकारी बैङ्कहरू पनि व्यावसायिक आवश्यकता महसुस गरेर आफ्नो सञ्चालक समितिमा छलफल गरी मर्जरमा जानु अहिलेका लागि उपयुक्त समय हो,” उहाँले भन्नुभयो, “यो दबाब होइन, सुझाव हो।”

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn