नेपाली

नेपालद्वारा पचास हजार मेट्रिक टन मल आयात गरिँदै

CRIPublished: 2022-12-04 17:01:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख ७० हजार मेट्रिक टन, तेस्रो वर्षमा एक लाख ९५ हजार मेट्रिक टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो।

मल खरिद गर्न मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा १५ अर्ब रुपियाँ बजेट विनियोजन गरेको थियो। थप १६ अर्ब रुपियाँ स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मल खरिदका लागि ३१ अर्ब रुपियाँ बजेट सुनिश्चित हुँदा यसले तीन लाख २४ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद गर्न पुग्ने मन्त्रालयले जनाएको छ। यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले पनि बढी परिमाण खरिद गरिने मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हाल युरिया प्रतिमेट्रिक टन ७५० डलर र डीएपी प्रतिमेट्रिक टन ८५० डलर रहेको छ।

मुलुकमा वार्षिक पाँच लाख २० हजार मेट्रिक टन मलको माग भए पनि मागअनुसार आयात नहुँदा बर्सेनि अभाव हुने गरेको छ। समयमा मल आयात नहुँदा धान रोप्ने बेला प्रत्येक वर्ष किसानले अभाव खेप्नुपरेको छ। धानबालीका लागि मात्र एक लाख ८० हजार मेट्रिक टन मल आवश्यक पर्ने मन्त्रालयको तथ्याङ्क छ। धान, मकै, गहुँ, उखु, तरकारीलगायतका बालीमा रासायनिक मल प्रयोग हुने गर्छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn