नेपाली

नेपालद्वारा पचास हजार मेट्रिक टन मल आयात गरिँदै

CRIPublished: 2022-12-04 17:01:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको कृषि सामग्री कम्पनी लिमिटेडले थप ५० हजार मेट्रिक टन मल आयात गर्ने तयारी गरेको छ। कम्पनीले ग्लोबल टेन्डर आह्वान गरेर २० हजार मेट्रिक टन डीएपी र ३० हजार मेट्रिक टन युरिया गरी ५० हजार मेट्रिक टन ल्याउन लागेको हो। अबको केही दिनमै यससम्बन्धी सम्झौता गर्न लागिएको कम्पनीले जनाएको। मल आपूर्तिका लागि गरिएको ग्लोबल टेन्डरबाट स्विस सिङ्गापुर कम्पनी छनोट भइसकेको गोरखापत्र अनलाइनले लेखेको छ।

कम्पनीका निमित्त प्रबन्धक राजेन्द्र कार्कीले तीनवटा कम्पनीले बोलपत्रमा सहभागी भएकामा स्विस सिङ्गापुर कम्पनी छनोट भएको जानकारी दिनुभयो। “एक/दुई दिनभित्रै सम्झौता गरेर प्रक्रिया अगाडि बढाइनेछ,” उहाँले भन्नुभयो।

मल आयातका लागि अर्थ मन्त्रालयबाट १६ अर्ब रुपियाँ सुनिश्चित भइसकेको छ। एक महिनाभित्र मल आयात गरिसक्ने भएकाले हिउँदेबाली (गहुँ, मकै, आलु, तरकारी)का लागि मल अभाव नहुने उहाँले जानकारी दिनुभयो।

यो वर्ष कृषि सामग्री कम्पनीले १० अर्ब ५० करोड रुपियाँ बराबरको एक लाख ३० हजार मेट्रिक टन मल आयात गरिसकेको जनाएको छ। अहिले नियमित रूपमा मलको वितरण भइरहेकाले हिउँदेबालीका लागि अभाव नरहेको कम्पनीले जनाएको छ। कम्पनीसँग हाल ३० हजार मेट्रिक टन युरिया र १८ हजार पाँच सय टन डीएपी मौज्दात रहेको जनाइएको छ। अहिले बिक्री नियमित रूपमा भइरहेको कम्पनीले जनाएको छ।

जीटुजीको ३० मेट्रिक टन मल अर्को साता

मल आपूर्तिका लागि भारत र नेपाल सरकार–सरकारबीच (जीटुजी) भएको सम्झौताअनुसार ३० हजार मेट्रिक टन रासायनिक मल अर्को साता आउने भएको छ। उक्त मल खरिद गर्न तीन अर्ब २६ करोड रुपियाँ भारत पठाइसकेकाले अर्को सातासम्ममा मल आइपुग्ने कम्पनीले जनाएको हो। भारतले जीटुजीमार्फत नेपाललाई वार्षिक कम्तीमा एक लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको हो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn