नेपाली

११ महिनामा पाँच लाख ४६ हजार पर्यटकद्वारा नेपाल भ्रमण

CRIPublished: 2022-12-03 16:24:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्वमा अन्य पर्यटकीय मुलुकले ७० देखि ८० प्रतिशतसम्म पर्यटन पुनरुत्थान गरिरहेको अवस्थामा नेपाल पर्यटकीय देश भएर पनि ५० प्रतिशतले मात्र पर्यटन आगमनमा सुधार हुनु सकारात्मक नभएको पूर्वप्रमुख जोशीको भनाइ छ। वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले अहिलको सन् २०२२ मा पर्यटक आगमन दरमा ५० प्रतिशतले सुधार आउने बताउनुभयो।

उहाँले भन्नुभयो, “पछिल्लो विश्वव्यापी पर्यटक गतिविधिलाई हेर्दा हामी ५० प्रतिशत पर्यटक आगमनदरको पुर्नरुत्थान हुने अवस्थामा छौं, जुन सकरात्मक छ। यसरी हेर्दा सन् २०२२ मा ६ लाखको हाराहरीमा पर्यटक आगमनदर हुने देखिन्छ।” बोर्डले पछिल्लो समयस्रोत बजारमा एग्रेसिभ मार्कटिङ गरिरहेकाले पनि पर्यटकको आगमनदर लयमा रहेको जनाएको छ।

पछिल्लो ११महिनासम्म आउँदा कोभिड-पछिको पर्यटक आगमनदरमा ५० प्रतिशत सुधार हुने देखिएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो। उहाँले भन्नुभयो, “पर्यटन आगमन विस्तारै लयमा फिर्ता हुने क्रममा रहेको छ। डिसेम्बरसम्म हेर्दा सन् २०२२ मा सन् २०१९ को तुलनामा ५० देखि ५५ प्रतिशत पर्यटकको आगमनमा सुधार हुन्छ।”

यसरी हेर्दा सन् २०२२ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ६ लाख हुने निर्देशक लामिछानेको भनाइ छ। कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। कोभिड–१९ कारण विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रमा आगमन वृद्धि केही महिना सुधारोन्मुख भए पनि सिजनमा भने अपेक्षाकृत रूपमा पर्यटक आगमनदरमा सुधार नभए पनि वर्षको अन्त्यमा भने सुधारोन्मुख रहेको देखिन्छ।

नेपाल भ्रमणका लागि आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ। हवाईमार्गबाट मात्र आएको पर्यटकको संख्या भएकाले गर्दा भारतीय पर्यटकको आगमनदर संख्यामा कम देखिएको बोर्डले जनाएको छ। सन् २०१९ मा भने ११ लाख ९७ हजार, कोभिड–१९ का कारण पर्यटक आगमनमा कमी हुदाँ सन् २०२० मा २ लाख ३० हजार र सन् २०२१मा १ लाख ५० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn