नेपाली

११ महिनामा पाँच लाख ४६ हजार पर्यटकद्वारा नेपाल भ्रमण

CRIPublished: 2022-12-03 16:24:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पछिल्लो ११ महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ५ लाख ४६ हजार पुगेको छ। सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्म ५ लाख ४६ हजार २ सय १६ ले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ। पर्यटन बोर्डका अनुसार सन् २०१९ को तुलनामा आगमनदरमा ५५.७६ प्रतिशतले सुधार आएको जनाएको छ। नोभेम्बरमा भने ७२ हजार ६ सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। योसँगै सन् २०२२ सम्म नेपाल भ्रमण गर्ने पर्यटकको संख्या करिब ६ लाखको हाराहारीमा कायम हुने देखिएको कारोबार अनलाइनले लेखेको छ। अक्टोबर महिनामा ८८ हजार ५ सय ८२ पर्यटकले नेपाल भ्रमण गरेका थिए। जुन संख्या सन् २०२२ कै उच्च आगमनदर हो।

सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए। नोभेम्बरमा भारतबाट, २० हजार, अमेरिकाबाट ७ हजार, बेलायतबाट ५ हजार, सार्क मुलुकबाट २४ हजार, एसिया रिजनबाट ९ हजार, यूरोपबाट १७ हजार, अमेरिका क्षेत्रबाट नौ हजार पर्यटकले नेपाल भ्रमण गरेको जनाएको छ। अक्टोबरमा महिनामा भारतबाट १६ हजार ९ सय, दोस्रोमा अमेरिकाबाट ११ हजार ८ सय, तेस्रोमा बेलायतबाट ७ हजार ४ सय, जर्मनबाट ४ हजार ९ सय, फ्रान्सबाट ४ हजार ९ सय पर्यटक नेपाल आएका थिए।

सन् २०२२ मा भने नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा ६ लाखको हाराहारीमा हुने अनुमान नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख दीपकराज जोशीको भनाइ छ। सेप्टेम्बरमा ५८ हजार ३ सय १४ पर्यटक आएका थिए। डिसेम्बरमा औसतमा ५० हजारकै दरमा आगमन भएमा सन् २०२२ मा ६ लाख हाराहारीमा पर्यटक आगमन हुने देखिएको बोर्डका पूर्वप्रमुख जोशीको विश्लेषण छ। उहाँले भन्नुभयो, “सन् २०१९ को तुलनामा नेपालको पर्यटन बजार सन् २०२२ मा ५० प्रतिशतले मात्र सुधार हुने देखिएको छ।”

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn