मूल्य बढ्दा र माग घट्दा नेपालमा आयात घट्दै
आर्थिक मन्दी बढ्दो क्रममा रहेकाले सरकारले बजार चलायमान बनाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघको भनाइ छ । ‘मुलुकमा आर्थिक मन्दी छँदै छ, यस्तो अवस्थामा पनि आयात कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले पनि आयात निरुत्साहनको नीति लिएको छ,’ महासंघ अध्यक्ष शेखर गोल्छाले भन्नुभयो, ‘बजारमा तरलता अभाव हुँदा माग खस्किएको छ । एकातर्फ राजस्व संकलन उल्लेख्य छैन भने अर्कोतर्फ मदिरा अवैध रूपमा भित्रिरहेको छ । राजस्व नभई देश कसरी अगाडि बढ्छ ?’ बजारमा देखिएको समस्या समाधान गर्न आयात नीति खुकुलो बनाई व्यवसायीको मनोबल बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । तरलता अभावको समस्या समाधन गर्न राष्ट्र बैंक लचिलो हुनुपर्ने र चालु पुँजीसम्बन्धी निर्देशिकालाई यथावत् राख्नुपर्ने पनि उहाँले सुझाउनुभयो।