नेपाली

अबको ५ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन हुने विद्युत प्राधिकरणको भनाइ

criPublished: 2022-11-24 15:57:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको छ। बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत आयोजनाहरु सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको हो। घिसिङले अबको ५÷६ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता हुने बताउनुभयो। उहाँले १५ हजार मेगावाट विद्युत उत्पादन पुग्दा करिव ५ अर्ब रुपैयाँ विद्युत प्राधिकरणबाट राजश्व संकलन हुने बताउनुभयो।

जलविद्युत उत्पादन ३ हजार मेगावाट पुग्दा ५० अर्ब राजश्व सरकारलाई तिर्नुपर्ने बताउँदै उहाँले सरकारलाई वार्षिक रुपमा १ अर्ब ७० करोड रुपैयाँ प्राधिकरणले राजश्व तिर्ने गरेको जानकारी दिनुभयो। उहाँले विद्युत प्राधिकरणले एउटा जलविद्युत आयोजनाबाट करिव ७० करोड रुपैयाँ राजश्व तिर्ने गरेको बताउनुभयो। घिसिङले १५ वर्ष नाघेका धेरै जलविद्युत आयोजनाहरु रहेकाले १० प्रतिशतले राजश्व बढेको बताउनुभयो।

उहाँले भन्नुभयो,‘ नेपाल विद्युत प्राधिकरणमा १५ वर्ष नाघेका प्रोजेक्टहरु धेरै छन्। काली गण्डकी हामीले १५ वर्ष मागेपछि रोयल्टी नै हामीले १० प्रतिशत तिर्नुपर्छ। क्यापासिटी रोयल्टी हामीले हजार रुपैयाँ पर किलोवाट तिर्नुपर्छ गर्दा करिव ७० करोड त हामीले एउटा प्रोजेक्टले तिर्नुपर्दो रहेछ। करिव १ अर्ब ७० करोड हामीले प्राधिकरणको प्रोजेक्टहरुले मात्रै रोयल्टी तिर्दा रहेछौँ। अहिलेको व्यवस्था अनुसार रोयल्टीको हिसाव गर्दा १५ वर्ष २ प्रतिशत इनर्जी रोयल्टी र १०० रुपैयाँ क्यापासिटी रोयल्टी छ। १५ वर्षपछि १० प्रतिशत रोयल्टी र हजार रुपैयाँ क्यापासिटी रोयल्टी छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn