नेपाली

अबको ५ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन हुने विद्युत प्राधिकरणको भनाइ

criPublished: 2022-11-24 15:57:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको छ। बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत आयोजनाहरु सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको हो। घिसिङले अबको ५÷६ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता हुने बताउनुभयो। उहाँले १५ हजार मेगावाट विद्युत उत्पादन पुग्दा करिव ५ अर्ब रुपैयाँ विद्युत प्राधिकरणबाट राजश्व संकलन हुने बताउनुभयो।

जलविद्युत उत्पादन ३ हजार मेगावाट पुग्दा ५० अर्ब राजश्व सरकारलाई तिर्नुपर्ने बताउँदै उहाँले सरकारलाई वार्षिक रुपमा १ अर्ब ७० करोड रुपैयाँ प्राधिकरणले राजश्व तिर्ने गरेको जानकारी दिनुभयो। उहाँले विद्युत प्राधिकरणले एउटा जलविद्युत आयोजनाबाट करिव ७० करोड रुपैयाँ राजश्व तिर्ने गरेको बताउनुभयो। घिसिङले १५ वर्ष नाघेका धेरै जलविद्युत आयोजनाहरु रहेकाले १० प्रतिशतले राजश्व बढेको बताउनुभयो।

उहाँले भन्नुभयो,‘ नेपाल विद्युत प्राधिकरणमा १५ वर्ष नाघेका प्रोजेक्टहरु धेरै छन्। काली गण्डकी हामीले १५ वर्ष मागेपछि रोयल्टी नै हामीले १० प्रतिशत तिर्नुपर्छ। क्यापासिटी रोयल्टी हामीले हजार रुपैयाँ पर किलोवाट तिर्नुपर्छ गर्दा करिव ७० करोड त हामीले एउटा प्रोजेक्टले तिर्नुपर्दो रहेछ। करिव १ अर्ब ७० करोड हामीले प्राधिकरणको प्रोजेक्टहरुले मात्रै रोयल्टी तिर्दा रहेछौँ। अहिलेको व्यवस्था अनुसार रोयल्टीको हिसाव गर्दा १५ वर्ष २ प्रतिशत इनर्जी रोयल्टी र १०० रुपैयाँ क्यापासिटी रोयल्टी छ। १५ वर्षपछि १० प्रतिशत रोयल्टी र हजार रुपैयाँ क्यापासिटी रोयल्टी छ।

करिव १० गुणाले बढ्छ, एक्सपर्टमा पनि त्यही हिसावले बढेको छ। कर्पोरेट ट्याक्समा पहिलो १० वर्ष निःशुल्क छ। त्यसपछि ५ वर्ष १० प्रतिशत छ। त्यसपछि २० प्रतिशत छ। यसरी हेर्दा करिव १५ वर्षपछिका प्रोजेक्टहरु अब ३ हजार मेगावाट त हुँदैछ। यो वर्ष नै करिव ३ हजार मेगावाटको क्यापासिटी हुन्छ नेपालमा। हामी ५६ वर्षभित्र करिव १०÷१५ हजार मेगावाट क्यापासिटी हुन्छ भनेर क्यालकुलेशन गरेका छौँ। ३ हजार मेगावाट मात्रै भयो भनेपनि करिव ५० अर्बको हामीले रोयल्टी तिर्दा रहेछौँ। अर्को ५० अर्ब कर तिर्दा रहेछौँ। करिव १ खर्बको हामीले ३ हजार मेगावाटले तिर्दा १५ हजार मेगावाट नेपालमा उत्पादन भयो भने करिव ५ खर्ब रुपैयाँ हाइड्रोपावरको रोयल्टी र ट्याक्समात्रै आउने देखिन्छ। विदेशमा एक्सपर्ट हुने प्रोजेक्टले पनि त्यो भन्दा अलि बढी तिर्ने हो। हाइड्रोपावरको जति प्रवर्द्धन भयो कर र रोयल्टीको हिसावले नेपाललाई धेरै नै योगदान गर्ने देखिन्छ। २३ वर्षपछि ५ हजार मेगावाटको बन्छ, यो वर्षमा नै ५ महिना जतिमा लगभग ११ अर्ब जतिको एक्सपर्ट गरेका छौँ। पहिला यति समयमा ११ अर्ब जतिको किन्थ्यौँ भने अहिले बेच्छौँ। त्यसैले देशको समृद्धिको लागि उर्जा धेरै महत्वपूर्ण विषय हो,’ उहाँले भन्नुभयो।

प्रमुख कार्यकारी निर्देशक घिसिङले जलविद्युत आयोजनाहरुको प्रर्वद्धन गर्नसके राजश्वमा ठूलो योगदान पुग्ने बताउनुभयो। उहाँले ३ वर्षभित्र ५ हजार मेगावाट उत्पादन क्षमता बन्ने बताउनुभयो। उहाँले चालु आर्थिक वर्षको ५ महिनामा विद्युत निर्यातमार्फत ११ अर्ब आम्दानी गरेको बताउनुभयो। उहाँले जलविद्युत मुलुकको समृद्धिको लागि महत्वपूर्ण रहेको बताउनुभयो। नागरिकन्यूज डटकम।

Share this story on

Messenger Pinterest LinkedIn