दशैंमा डिजिटल दक्षिणा दिने नेपाली बैंकरको योजना
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला भने दशैं मनाउन गृहजिल्ला झापा पुग्नु भएको छ। यसपटकको दशैं परिवारसँगै मनाउने योजनामा रहेको उहाँले बताउनुभयो। ‘घरमा ७९ वर्षको बुबा र ७० वर्षकी आमा हुनुहुन्छ, उहाँहरुको हातबाट दशैंको टीका र आशिर्वाद ग्रहण गर्दै घरमा नैं दशैं मनाउने योजना छ,’ उहाँले भन्नुभयो, ‘गाउँमा दशैं मनाउँदै छु, साधारण तरिकाबाट मनाउने हो, कनै खर्च गरेर घुमघाम गर्ने योजना छैन।’
बिहान मन्दिर जाने, बेलुका भजन गाउने र दिउँसो घरमा नै बसेर दशैं मनाउने योजना रहेको उहाँले बताउनुभयो। दशैंमा आशिर्वादसँगै दक्षिणा पनि जोडिने भएकाले यसपटकको दशैं डिजिटल दक्षिणाबाट मनाउने उहाँले बताउनुभयो। तर, बुबा आमा भने डिजिटल बैंकिङमा अभ्यस्त नभएकाले उहाँहरुले भने नगद दक्षिणा नै प्रयोग गर्ने उहाँको भनाइ छ। आफूले भने नगद प्रयोग नगर्ने उहाँले बताउनुभयो।