नेपाली

नेपालमा देउवा सरकार बनेपछि पहिलो चीन भ्रमण हुँदै, नेपाल एक चीन नीतिमा प्रतिवद्ध

criPublished: 2022-08-06 16:47:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वाङले आफ्नो भ्रमणमा बीआरआई कार्यान्वयन सम्झौता अघि बढाउन भने पनि नेपाल सरकारले त्यसलाई स्वीकार नगरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

बेइजिङमा प्रवक्ता ह्वाले एक वर्षभित्रमा दुवै देशबाट मन्त्रीस्तरीय आउजाउले नेपाल र चीनबीचको विश्वासलाई प्रगाढ बनाउने बताउनुभयो। ‘दुई देशका विदेशमन्त्रीहरूले एक वर्षभन्दा कम अवधिमा भ्रमण आदानप्रदान गर्दै छन्, जसले चीन र नेपालबीचको आपसी विश्वास र मित्रतालाई झल्काउँछ,’ उहाँले भन्नुभयो । प्रवक्ता ह्वाका अनुसार चिनियाँ पक्षले यस भ्रमणबाट नेपाली पक्षसँगको रणनीतिक सम्पर्कलाई थप सुदृढ गर्ने, एकअर्कालाई दृढतासाथ सहयोग गर्ने र विकास तथा समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारीलाई अगाडि बढाउन सघाउने अपेक्षा गरेको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले मन्त्री खड्काको भ्रमणको गृहकार्य भइरहेको बताउनुभयो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओले यही वर्ष असार २६–२९ मा भ्रमण गर्नुभएको थियो।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुईदिने राजकीय भ्रमण गरेपछि दुई मुलुकबीचको सम्बन्ध प्रगाढ भएको थियो तर त्यसयता नेपालमा राजनीतिक घटनाक्रम परिवर्तन भएसँगै केही फितलो हुँदै गएको थियो।

यसैबीच अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले सधैं एक चीन नीतिको समर्थन गरेको बताउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn