नेपाली

नेपालमा देउवा सरकार बनेपछि पहिलो चीन भ्रमण हुँदै, नेपाल एक चीन नीतिमा प्रतिवद्ध

criPublished: 2022-08-06 16:47:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको एक वर्षपछि उत्तरी छिमेक चीनतर्फ पहिलो भ्रमण हुन लागेको छ । परराष्ट्रमन्त्री नारायण खड्का साउन २४ देखि २६ सम्म चीन भ्रमणमा जान लागेका हुन् । काठमाडौं र बेइजिङ दुवैले यसबारे जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयले मन्त्री खड्काको भ्रमणबारे विज्ञप्तिमार्फत र चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले बेइजिङमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको कान्तिपुर अनलाइनले जनाएको छ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि चीनबाट दुई उच्च भ्रमण भइसके पनि नेपालबाट सरकारी भ्रमण हुन सकेको थिएन । खड्काको यो भ्रमणलाई गठबन्धन सरकार र चीनबीच सम्बन्ध अघि बढ्न लागेको रूपमा हेरिएको छ । खड्काले सरकारको प्रतिनिधिका रूपमा चीन भ्रमण गरी दुई देशको सम्बन्ध विस्तारलगायतका विषयमा समकक्षीसँग वार्ता गर्ने कार्यक्रम छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी नेपाल र चीन असल छिमेकी तथा साझेदार भएको उल्लेख गर्दै नेपाली परराष्ट्रमन्त्री खड्काको भ्रमण वाङको पछिल्लोपटक भएको नेपाल भ्रमणको आदानप्रदान भएको बताउनुभयो। देउवा सरकार गठन भएपछि २०७८ चैत ११–१३ मा पहिलोपटक चीनका विदेशमन्त्री वाङले नेपाल भ्रमण गर्दा दुई मुलुकबीच १२ बुँदे सम्झौता भएको थियो । उक्त अवसरमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विषयमा छलफल भए पनि नेपालले अनुदान वा सहुलियत ऋणमा मात्र उक्त परियोजनालाई अघि बढाउने जनाएको थियो । नेपालले सन् २०१७ मा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सम्झौता र बीआरआईको सदस्य बनेको थियो । नेपाल सरकारले एमसीसीलाई संसद्बाट अनुमोदन गरे पनि हालसम्म बीआरआई अन्तर्गतका कुनै पनि परियोजनालाई निचोडमा पुर्‍याएर अघि बढाउन सकेको छैन ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn