नेपाली

नेपालले डेढ महिनामा पौने ४ अर्ब रुपैयाँको विजुली भारतलाई बेच्यो

CRIPublished: 2022-07-27 16:22:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ढल्केबर–मुजफ्फरपुरबाट भारत गएको विद्युत् बिहार राज्यका विभिन्न ठाउँमा पुग्न पावर ग्रिड कर्पोरेसनको संरचना प्रयोग गरेका कारण यस्तो शुल्क तिर्नुपरेको हो । नेपालले भारतलाई बिजुली पठाउँदा प्रयोग हुने ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमा नेपाल र भारतका दुई कम्पनीको संयुक्त स्वामित्व छ । ढल्केबर–मुजफ्फरपुर लाइनको ह्विलिङ चार्ज नेपाल स्वामित्वको पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएनएल) र भारतको स्वामित्वको क्रसबोर्डर पावर ट्रान्समिसन कम्पनी लिमिटेड (सीपीटीसी) ले आआफ्नो हिस्साअनुसार पाउँछन् । यो प्रसारणलाइनभन्दा बाहिर पनि बिजुली बेच्ने हो भने अर्कैलाई शुल्क तिर्नुपर्छ ।

प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय (नोडल एजेन्सी) एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) ले गर्छ । एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ । यसरी मध्यस्थकर्ताको भूमिका निर्बाह गरेबापत प्राधिकरणले एनभीभीएनलाई पनि शुल्क तिर्ने गरेको छ । त्यसैगरी प्राधिकरणले आईईएक्सलाई पनि निश्चित शुल्क तिर्ने गरेको छ ।

अहिले नेपालले दैनिक विद्युत् बजार (डे अहेड मार्केट) को अवधारणामा आईईएक्समा बिजुली बेचिरहेको छ । यस अवधारणामा हरेक दिनको २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा बिजुली खरिद–बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० देखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बोलकबोल प्रतिस्पर्धा गर्छ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा बिजुलीको प्रतियुनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि राति १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा बिजुली निर्यात गरिन्छ ।

गत वर्ष माथिल्लो तामाकोसी, तल्लो मोदीखोला, तल्लो जोगमाई खोला र लिखु–४ लगायत जलविद्युत् आयोजना प्रसारणलाइनमा जोडिएपछि वर्षायाममा आन्तरिक माग धान्नेभन्दा बढी बिजुली उत्पादन भइरहेको छ । वर्षायाममा माथिल्लो तामाकोसी र चमेलियासमेतको बिजुली पनि बेच्ने गरी नेपालले अनुमति मागे पनि भारतले त्यसको स्वीकृति दिएको छैन । प्राधिकरणले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत् निर्यातको प्रक्षेपण राखेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएका बेला बिजुली व्यापारबाट त्यसलाई केही मात्रामा भए पनि भरथेग गर्न सकिने ठानिएको छ ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn