नेपाली

नेपालले डेढ महिनामा पौने ४ अर्ब रुपैयाँको विजुली भारतलाई बेच्यो

CRIPublished: 2022-07-27 16:22:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो डेढ महिनामा पौने ४ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बेचेको छ। गत असार मसान्तसम्म ३ अर्ब ७८ करोड १७ लाख रुपैयाँ बराबरको ४७ करोड २५ लाख युनिट बिजुली भारतलाई बेचिएको प्राधिकरणले जनाएको छ कान्तिपुर अनलाइनले लेखेको छ।

प्राधिकरणले गत जेठ १९ देखि इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मा बिजुली बेच्न थालेको थियो । यद्यपि नेपालले आईईएक्समा बिजुली बेच्न पहिलो पटक अनुमति पाएको भने गत कात्तिकमा हो । गत वर्ष त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली भारतले किनेको थियो । यस वर्ष भने ती दुई आयोजनासहित मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, कालीगण्डकी र लिखुसमेत गरी कुल ३ सय ६४ मेगावाट बिजुली भारत गइरहेको छ । भारतमा बिजुली बेचिरहेका यी आयोजनामध्ये लिखु निजी क्षेत्रबाट प्रवर्द्धित हो । आईईएक्सभन्दा बाहिर भारतको बिहार राज्यलाई पनि नेपालले बिजुली बेचिरहेको छ ।

गत जेठ तेस्रो सातादेखि असार मसान्तसम्ममा नेपालले भारतीय बजारमा बिजुली बेच्दा प्रतियुनिट करिब ८५ पैसा सेवा शुल्क लागिरहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिनुभयो । ‘प्रतियुनिट भारु ५३ पैसा सेवा शुल्क लागिरहेको छ । त्यसमा करिडोर चार्ज (ह्विलिङ चार्ज), पावर एक्सचेन्ज चार्ज र मध्यस्थकर्ता कम्पनीलाई तिर्नुपर्ने शुल्क जस्ता सेवा शुल्क पर्छन्,’ उहाँले भन्नुभयो। कुनै एक बिन्दुबाट बेचिएको बिजुली जुन ठाउँमा पुगेर खपत हुन्छ, त्यहाँसम्म पुर्‍याउन प्रयोग हुने प्रसारण संरचनाको ह्विलिङ चार्ज तिर्नुपर्छ । अहिले नेपालले विद्युत् बेच्दा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाहेक पावर ग्रिड कर्पोरेसन अफ इन्डियालाई पनि यस्तो शुल्क तिरिरहेको छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn