नेपाली

नेपाल भ्रमण दशकको तयारी

CRIPublished: 2022-07-26 17:11:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

साथै छिमेकी मुलुकबाट पर्यटक वृद्धि गर्न मेला तथा रोड शोजस्ता कार्यक्रम नेपाल पर्यटन बोर्डबाट सञ्चालन गर्ने, सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरुको साहसिक पहिचान झल्किने संग्रहालय स्थापना गर्ने बजेटमा उल्लेख छ। त्यसैगरी प्रमुख पर्यटकीय क्षेत्रहरुमा सडक, खानेपानी, शौचालय, नि:शुल्क इन्टरनेट सेवालगायत सुविधा विस्तार गर्ने, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने लगायत पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका कार्यक्रम पनि अगाडि सारिएको छ। बजेटका कार्यक्रमहरुलाई समेटेर सरकारले कार्ययोजना बनाएको हो। हाल बन्द रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि सप सुरु गर्ने, सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्ने, काठमाडौं उपत्यकामा ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोड्ने गरी सम्पदा मार्ग निर्माण गर्ने कार्ययोजनामा उल्लेख छ।

काठमाडौं उपत्यकाभित्र रात्रिकालिन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्ने अवधारणाअनुरुप काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालिन सम्पदा यात्राको शुरुवात गरिने कार्ययोजनामा उल्लेख छ। यसैगरी सरकारले ६ महिनाभित्र नेपालमा युएनडब्लुटीओ एसिया प्यासिफिक क्षेत्रको उच्चस्तरीय टुरिजम समिट आयोजना गर्ने योजना अगाडि सारेको छ। कार्ययोजनामा गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान सञ्चालन लगायतका पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम सञ्चालन गर्न मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारी गरिने उल्लेख छ।

साथै ४ महिनाभित्र अन्नपूर्ण आधार शिविरमा दक्षिण एसिया तथा प्रशान्त क्षेत्रका पर्यटनमन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि पहल गरिने भएको छ। हिमाल आरोहणका लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण खुला गर्ने, भारतीय र बंगलादेशी नागरिकमा लोकप्रिय गन्तव्यका रुपमा रहेका चितवन, पोखरालगायत गन्तव्यलाई वेडिङ र अन्य सेरेमोनियल डेस्टिनेसनका रुपमा विकास गर्ने कार्ययोजना रहेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn