नेपाली

नेपाल भ्रमण दशकको तयारी

CRIPublished: 2022-07-26 17:11:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पर्यटन क्षेत्रको दिगो विकासका लागि नेपाल सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमण दशक’को रूपमा मनाउन आवश्यक तयारी अगाडि बढाउने कार्ययोजना ल्याएको छ। कोभिड–१९का कारण सन् २०२० देखि गिरावट आएको पर्यटन क्षेत्रको पुनरुत्थान गर्न सरकारले ७४ बुँदे कार्ययोजना सार्वजनिक गरेको कारोबार अनलाइनले लेखेको छ।

पर्यटक आगमन बढाउन र पर्यटन उद्योगको विकासका लागि भ्रमण दशकको अवधारणा ल्याइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताउनुभयो। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल पर्यटन बोर्ड तथा अन्य सम्बन्धित मन्त्रालयको सहयोगमा ३ महिनाभित्र आवश्यक तयारी गरेर प्रक्रिया आगाडि बढाउने कार्ययोजनामा उल्लेख छ।

सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना ल्याएको हो। आइतबार मन्त्री श्रेष्ठले कार्ययोजना कार्यान्वयनको समय सीमासमेत तोकिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यसभन्दा अगाडि गठन भएका अध्ययन कार्यदलले दिएका सुझाव पनि समेटेर कार्ययोजना ल्याइएको हो। सरकार र पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निकायहरुको सहकार्यमा कार्ययोजना अगाडि बढ्नेछ।”

सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमार्फत १० लाख पर्यटक भित्र्याउने गरी कार्यक्रम सञ्चालन गर्ने, होटललगायत पर्यटन क्षेत्र सम्बद्ध व्यवसायको वार्षिक इजाजत र नवीकरण दस्तुरमा छुट दिने, पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिने, प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको हिल स्टेसन विकास गर्ने योजना ल्याएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn