नेपाली

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति

CRIPublished: 2022-07-25 15:59:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

प्याराग्लाइडिङ उडानका लागि स्थानीय तीन युवाले अध्ययन गरिरहेको हुमागाईंले बताउनुभयो। ‘प्याराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्र पर्यटनले प्रचारात्मक हुनेछ’, पनौती नपा–२ का वडाध्यक्ष पुरुषोतम अधिकारीले भन्नुभयो। उहाँका अनुसार कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्याराग्लाइडिङ गुर्दूम डाँडाबाट उडान सुरुगरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ। गुर्दूम डाँडाबाट बन्चरेटार सडकको दूरीका हिसाबले चार किलोमिटर हो। प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ। उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार ३५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार ३०० मिटरमा छ।

पनौती नगरले पनि आर्थिक वर्ष २०७९/८० मा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ। नगरले यस वर्ष हाईकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्न आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। यस्तै साहसिक खेलजन्य गतिविधिको प्रवर्द्धनार्थ प्याराग्लाईडिङ, रक क्लाईम्बिङ, साइक्लिङजस्ता इभेन्ट सञ्चालन गरिने योजनामा राखिएको हो।

नगरपालिकाले यसअघि गतवर्ष चैतमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइकिलिङको सुरुआत गरेको थियो। उक्त साहसिक खेल नगरपालिकाको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नम्बर वडाको नागीडाँडासम्म छ किलोमिटर साइकिलिङ ट्रेलरुट तय गरिएको छ। नगरको आयोजनामा ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानाडा र भारतका करिब दुई सय राइडरले साइकिलिङ गरेका थिए।

यसैगरी नेपाल पर्यटन बोर्डले गतवर्ष असोजमा पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रर्वद्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको थियो। यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्रीसमेत सार्वजनिक गरेको हो।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn