नेपाली

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति

CRIPublished: 2022-07-25 15:59:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ। स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिले शुक्रबार व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति प्राप्त गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ। उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको जनाइएको छ।

प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाईंले बताउनुभयो। ‘मन्त्रालयबाट व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति पायौँ, प्राधिकरणले प्राविधिक प्रक्रियाको काम सकेर सञ्चालन निर्देशन जारी भएलगत्तै व्यावसायिक रुपमा सञ्चालन गर्नछौं’, उहाँले भन्नुभयो।

सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परिरहेका बेला मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको हो। कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुदूम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो। त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो। अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो।

उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप तथा अन्य वातावरण अनुकूल भएकाले हाल अनुमति पाएको जनाइएको छ। प्याराग्लाइडिङ सञ्चालनका सबै प्रक्रिया पूरा गर्न दुई महिना लाग्ने भएकाले सम्भवतः आउँदो असोजदेखि व्यावसायिक उडान भर्ने योजना बनाइएको हुमागाईंले बताउनुभयो। उहाँका अनुसार दैनिक १० प्याराग्लाइडिङले बिहान १० बजेदेखि अपरान्ह चार बजेसम्म उडान अनुमति पाएको हो। तोकिएको समयमा छ हजार ५०० फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn