नेपाली

सञ्चालनमा आयो बुटवल–लुम्बिनी प्रसारण लाइन

criPublished: 2022-07-24 15:45:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भैरहवा/लुम्बिनी क्षेत्रमा ४० मेगावाट विद्युत् थप उपलब्ध भएपछि र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा रहेका उद्योगहरूको विद्युत् समस्या समाधान भएको छ । लुम्बिनी र अमुवा क्षेत्रमा विद्यमान विद्युत् समस्या पनि समाधान भएको छ ।

भैरहवामा पनि विद्युत् प्रसारणमा धेरै सहजता भएको उहाँले बताउनुभयो । एयरपोर्ट, लुम्बिनी र अमुवा क्षेत्रलाई थप विद्युत् दिइएपछि भैरहवामा विद्युत् व्यवस्थापन गर्न सहज भएको उहाँको भनाइ छ । अर्को ट्रान्सफर्मर पनि जडान भएर सञ्चालनमा आएपछि विद्युत् आपूर्तिमा कुनै समस्या रहनेछैन । यसअघि ओभरलोडका कारण तार छिन्ने, ट्रान्सफर्मर पड्किने, बारम्बार ट्रिपिङ हुने, हाइभोल्टेज र कम भोल्टेज हुनेलगायत समस्या थिए । विद्युत् अभाव र गुणस्तरहीन विद्युत्का कारण तीव्र गतिमा अघि बढेको भैरहवा क्षेत्रको औद्योगिकीकरणको गति अवरुद्ध बनेको थियो । भैरहवा–लुम्बिनी क्षेत्रमा अघोषित लोडसेडिङ थियो । सञ्चालित उद्योगले आधा समय मात्रै विद्युत्को प्रयोग गर्न पाउँथे । सबै उद्योगले उत्पादन कटौती गरी आधा मात्र उत्पादन गरिरहेका थिए ।१ अर्ब १९ करोड रुपैयाँ लागतमा ०७२ सालदेखि आयोजना सुरु भएको हो । मैनहिया सब स्टेसनमा जोड्ने प्रसारण लाइनको रुट परिवर्तन, निर्माणका क्रममा उत्पन्न विवाद, कोरोना महामारीलगायत कारणले आयोजना निर्माणमा ढिला भए पनि १ अर्ब १९ करोड रुपैयाँभन्दा कम लागतमै आयोजना सम्पन्न हुने आयोजना प्रमुख पाण्डेले बताउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn