नेपाली

सञ्चालनमा आयो बुटवल–लुम्बिनी प्रसारण लाइन

criPublished: 2022-07-24 15:45:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भैरहवा–लुम्बिनी क्षेत्रमा विद्युत् अभावको समस्या समाधान गर्न सात वर्षअघि थालिएको बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना सञ्चालनमा आएको छ । बुटवलको योगीकुटीस्थित राष्ट्रिय प्रसारण लाइन (ग्रिड) सँग जोडिएपछि सञ्चालनमा आएको हो । त्यहाँबाट २ सय मेगावाट क्षमताको विद्युत् मैनहिया सबस्टेसनमा जोडिएको छ । यसअघि योगीकुटीबाट ल्याइएको विद्युत् लाइन ८० मेगावाट क्षमताको थियो । आयोजनाअन्तर्गत भैरहवा नजिकै मैनहियामा सबस्टेसन बनाइएको कान्तिपुर अनलाइनले लेखेको छ ।

भैरहवा–लुम्बिनी क्षेत्रमा बढ्दो सहरीकरण र औद्योगिकीकरणका कारण बढ्दो विद्युत्को मागलाई विद्युत् प्राधिकरणले थेग्न सकेको थिएन । आवश्यकताअनुरूपको विद्युत् योगीकुटीको राष्ट्रिय प्रसारण लाइनबाट ल्याउने बाटो (संरचना) नै थिएन । ८० मेगावाट मात्र विद्युत् ल्याउन सकिने क्षमताको तारबाट १ सय मेगावाट विद्युत् ल्याएर बाँड्दा भैरहवा, लुम्बिनी क्षेत्रमा ओभरलोडका कारण बारम्बार विद्युत् आपूर्तिमा अवरोध हुने गर्थ्यो ।

आयोजनाअन्तर्गत निर्मित मैनहिया सबस्टेसनबाट ४० मेगावाट उपलब्ध गराइएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताउनुभयो । ‘आयोजना पूर्ण सञ्चालनमा आउन भने साउनसम्म पर्खिनुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘मैनहिया सबस्टेसनमा रहनुपर्ने ४५ एमभीए क्षमताका दुई ट्रान्सफर्मरमध्ये एउटा मात्र सञ्चालनमा आएको छ ।’ दुईवटै ट्रान्सफर्मर एकैपटक जडान गरेर आयोजना सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि अर्को ट्रान्सफर्मर आयोजनासम्म ल्याउने क्रममा लोड गरेर ल्याएको गाडी भारतमा पल्टिएकाले जडान हुन नसकेको उहाँको भनाइ छ । सप्लायर्स कम्पनीले अर्को नयाँ ट्रान्सफर्मर केही दिनमा उपलब्ध गराउने भएकाले साउनसम्ममा जडान गरी पूर्ण क्षमतामा आयोजना सञ्चालनमा आउने पाण्डेले जनाउनुभयो ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn