नेपाली

पर्यटकको बसाइ लम्ब्याउन सहकार्य

criPublished: 2022-07-22 17:05:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं सङ्घका सल्लाहकार विश्वशङ्कर पालिखेले पोखरामा बन्दै गरेको नयाँ विमानस्थलबाट कुनकुन विमान कम्पनीले सेवा दिने हो भन्ने विषयमा पूर्वतयारीका लागि वायुसेवा सञ्चालक सङ्घ नेपालसँग छलफल र सहकार्य गरिनुपर्ने सुझाव दिनुभयो।

विमानस्थलको धावनमार्ग दुई हजार पाँच सय मिटरबाट विस्तार गरी तीन हजार मिटर बनाइनुपर्ने र क्यासिनो सुरु गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । होटल सङ्घ नेपाल गण्डकी अध्यक्ष हरि शर्मा गैरेले महानगरका कर्मचारीको व्यवहार सुधार गर्दै घुसखोरी र भ्रष्टाचार अन्त्य गर्न महानगर प्रमुख आचार्यलाई सुझाव दिनुभयो । यस्तै महानगरमा पर्यटनका लागि अलग शाखाको व्यवस्था र पोखरा दृश्यावलोकनका लागि एकद्वार प्रणालीको व्यवस्थाका लागिसमेत उहाँले बताउनुभयो । हानका सदस्य एवं होटल सङ्घ पोखरा नेपालका सल्लाहकार भरतराज पराजुलीले नयाँ विमानस्थलबाट पोखराको मुख्य सहरी क्षेत्रसम्म फराकिलो र व्यवस्थित सडक निर्माण गरिनुपर्ने बताउनुभयो। गोरखापत्र।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn