नेपाली

नेपालको सिमेन्टपछि अब छड पनि भारततर्फ निर्यात

criPublished: 2022-07-21 17:53:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

देशभर अहिले साना तथा ठूला गरेर ३० वटा स्टिल उद्योग सञ्चालनमा छन्। तीमध्ये १० वटा उद्योगले बिलेटसमेत उत्पादन गर्छन् । यी सबै उद्योगको वार्षिक जडित क्षमता करिब ३५ लाख मेट्रिक टन छ । त्यसमध्ये नेपालमा वार्षिक बढी १५ लाख मेट्रिक टन छड तथा पत्ती मात्र खपत हुन्छ । उत्पादन क्षमताभन्दा माग कम हुँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । आन्तरिक खपतपछि बाँकी रहने २० लाख मेट्रिक टन छड वार्षिक रूपमा भारत निर्यात गर्न सकिने उद्योगी बताउँछन् ।

नेपालको सीमासँग जोडिएका भारतका उत्तर प्रदेश र बिहार राज्यमा पूर्वाधार परियोजना निर्माणको काम भइरहेकाले नेपाली छडको ठूलो बजार त्यहाँ रहेको छ । ती क्षेत्रमा फलामे छडको उद्योग नरहेको र लामो दूरी पार गरेर पश्चिम बङ्गालको दुर्गापुरबाट छड ल्याउनुपर्ने बाध्यता छ । त्यसको विकल्पमा नेपालबाट छोटो दूरी र समयमै ती ठाउँमा फलामे छड निर्यात गर्न सकिने सम्भावना रहेको उद्योगीको भनाइ छ ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn