नेपाली

नेपालको सिमेन्टपछि अब छड पनि भारततर्फ निर्यात

criPublished: 2022-07-21 17:53:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथा सेवाको निर्यात सुरु भएको छ । भारतमा पहिलो पटक विद्युत् निर्यात गरेको नेपालले हालैमात्र सिमेन्ट निर्यात सुरु गरेको थियो । सिमेन्ट निर्यात सुरु भएको दुई हप्ता नबित्दै नेपालले पहिलो पटक भारतका लागि फलामे छड पनि निर्यात गरेको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित श्री स्टिल्स प्रालिले बुधबार पहिलो पटक फलामे छड भारत निर्यात गरेको हो। औपचारिक कार्यक्रम गर्दै उद्योगले भारतको उत्तर प्रदेशमा पहिलो पटक करिब ३५ मेट्रिक टन टीएमटी फलामे छड निर्यात भएको जनाएको हो । फलामे छड निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणीकरण पाइसकेको र सरकारले समेत बजेटमा अनुदान व्यवस्था गरेपछि निर्यात सुरु गरिएको उद्योगका सञ्चालक राजेशकुमार अग्रवालले बताउनुभयो।

चालू आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले निर्यातको प्रचुर सम्भावना भएका वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरेपछि सूचीमा समेटिएका सिमेन्ट तथा छडको निर्यात सम्भव भएको हो । बजेटले नेपालबाट क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित सेवाजस्ता सूचीमा समेटिएका वस्तुको निर्यातमा आठ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको गोरखापत्र अनलाइनले समाचार लेखेको छ। त्यस्तै वार्षिक १० करोड रुपियाँभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था बजेटले गरेको छ।

विद्युत्को अत्यधिक खपत हुने फलामे डन्डीले यो व्यवस्थाको पनि लाभ लिन सक्नेछन् । फलामे डन्डी निर्यात सुरु भए पनि सरकारले घोषणा गरेको अनुदानको कार्यविधि निर्माण गरेर तत्काल लागू हुनुपर्नेमा उद्योगीको जोड छ । त्यस्तै नेपालको गुणस्तर प्राप्त गरेका उद्योगलाई सहजै आईएसको प्रमाणीकरणका लागि भारत सरकारसँग सहजीकरण गरिदिन पनि उद्योगीले माग गरेका छन् । अहिले नेपालका उद्योगले भारतबाट यस्तो चिह्न प्रमाणीकरणका लागि एक वर्षभन्दा बढी समय खर्चनु परेको छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn