नेपाली

स्थानीय तह सदस्य निर्वाचन ऐतिहासिक रुपमा सफल

criPublished: 2022-06-30 16:32:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आयोगले यसअघि सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको र केन्द्र तहमा आज समीक्षा गर्न लागिएको उहाँले जानकारी दिनुभयो। यसअघि बुधबार राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरी समीक्षा गरिएको उहाँले बताउनुभयो।

निर्वाचन सम्पन्न गराउन सरकारले ऐन, नियम र विनयिमावलीहरु बनाएको भएपनि अझै पर्याप्त हुन नसकेको बताउनुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले समीक्षा बैठकमा त्यसबारे मिहिन ढंगले सुझाव दिन सहभागी सबैमा आग्रह गर्नुभयो। “निर्वाचनताका भएका चुनौति, समस्या र जटिलता के के आए, त्यसलाई सुझावकोरुपमा राखिदिनुहोला” उहाँले भन्नुभयो।

समीक्षा कार्यक्रममा आयोगका प्रवक्ता तथा सहसचिव शालीग्राम शर्मा पौडेलले आगामी निर्वाचनका लागि असार १ गतेदेखि पुनः मतदाता सूची दर्ताको काम शुरु गरिएको जानकारी दिनुभयो। स्थानीय तह सदस्य निर्वाचनका लागि बाजुराको बुढीगंगा नगरपालिकाबाहेक सबै ठाउँको परिणाम आइसकेको उहाँले बताउनुभयो। बाजुरामा असार २३ गते निर्वाचन गर्ने मिति तोकिएको उहाँले बताउनुभयो।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि ७९ दल दर्ता भएपनि निर्वाचनमा ६५ दल निर्वाचनमा सहभागी हुनुभयो। निर्वाचनमा २४ दलले कुनै न कुनै रुपमा प्रतिनिधित्व गरेको उहाँले बताउनुभयो। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १ लाख ४५ हजार १३ जनाले मनोनयन दर्ता गरेको उहाँले बताउनुभयो।

सो अवसरमा प्रवक्ता पौडेलले स्थानीय तह सदस्य निर्वाचनमा करिब ४१ प्रतिशत महिलाको सहभागिता भएको बताउनुभयो। देशभर एकै चरणमा निर्वाचन गर्न आयोग सफल भएको र यो अहिलेसम्मको निर्वाचनभन्दा फरक र सफल रहेको उहाँले चर्चागर्नुभयो।

समीक्षा कार्यक्रममा आयोगका आयुक्त ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर राणासहित सरकारी प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चार माध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको छ।

आयोगले नागरिकको गुनासो सुन्नका लागि कल सेन्टरको व्यवस्था गरेको र गुनासोलाई सम्बोधन गर्ने अधिक्तम प्रयास आयोगले गरेको प्रवक्ता पौडेलले बताउनुभयो। त्यस्तै, सञ्चार माध्यमसँग हरेक हप्ता पत्रकार सम्मेलन र विशेष अवस्थामा पत्रकार सम्मेलन पनि गरिएको उहाँले बताउनुभयो।

मतगणनाको काममा केही ढिलाई भएको गुनासो आएको र मतदाता शिक्षा कमजोर भएको पनि गुनासाहरु आएको प्रवक्ता पौडेलले बताउनुभयो। सातवटै प्रदेशमा गरिएको समीक्षा र केन्दीय कार्यक्रममा आएको समीक्षालाई ध्यानमा राखी आयोगले आगामी दिनमा अगाडि बढ्ने उहाँले बताउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn