नेपाली

स्थानीय तह सदस्य निर्वाचन ऐतिहासिक रुपमा सफल

criPublished: 2022-06-30 16:32:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचन २०७९ ऐतिहासिक रुपले सफल भएको बताउनुभएको छ। सबैको अथक प्रयास र सहयोगले निर्वाचन सफल भएको उहाँको भनाई रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ केन्द्रीय निर्वाचन समीक्षा कार्यशाला गोष्ठीमा विहीबार यहाँ सम्बोधन गर्नुहुँदै प्रमुख आयुक्त थपलियाले सो कुरा बताउनुभयो। निर्वाचन हुने नहुने राजनीतिक दलबीच र जनताबीच अनेक आशंका रहँदारहँदै पनि आयोगले निश्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रुपले निर्वाचन गर्न सफल भएको बताउनुभयो।

स्थानीय तह सदस्य निर्वाचन सफल भएलगत्तै आउने कात्तिक वा मंसिरसम्म प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन गर्नुपर्ने जिम्मेवारी भएपनि अहिलेसम्म सो निर्वाचनको मिति घोषणा हुन बाँकी रहेको उहाँले बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “अहिलेसम्म मितिबारे कुनै निर्णय भएको छैन, कसले के मिति सार्वजनिक गर्दैछन् त्यसमा नपर्नुहोला, आयोगले सरकारलाई अहिलेसम्म निर्वाचनको मिति सिफारिस गरेको छैन।”

निर्वाचनमा केही ठाउँमा सामान्य समस्या आएपनि तुलनात्मक रुपमा निर्वाचन सफल रहेको उहाँले बताउनुभयो। रौतहटमा निर्वाचनताका केही समस्या भएपनि दोसीको पहिचान हुँदाहुँदै पनि कारवाही गर्न नसक्नु विडम्बना भएको बताउनुभयो। गल्ती गर्नेलाई कारवाही नगरिए आउने निर्वाचनमा पनि छिटपुट समस्या आउनसक्ने उहाँले प्रष्ट पार्नुभयो।

निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी होऊ्न भन्ने आयोगको चाहना र इच्छा भएपनि अझै चाहेकोजस्तो सहभागीता गराउन नसकेको र आगामी दिनमा त्यसका निम्ति आयोग प्रयासरत रहने उहाँले बताउनुभयो। निर्वाचन सफल बनाउन सबै पक्षबाट अथक सहयोग प्राप्त भएकाले उहाँले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn