नेपाली

वैदेशिक शिक्षाका लागि नेपालबाट ३ खर्ब रुपैयाँ पलायन

criPublished: 2022-06-30 16:29:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

शिक्षाविद् विद्यानाथ कोइराला भने यहाँको शिक्षा गुणस्तरमा सुधार हुनु मात्रै समाधान नभएको बताउनुहुन्छ। कोइरालाले भन्नुभयो, 'केही समयअघि शिक्षामन्त्रीले अस्ट्रेलिया जानेमध्ये १० प्रतिशत युवाहरू मात्रै पढ्न गएका छन् भन्नुभएको थियो। मैले सोधखोज गर्दा करिब ३० प्रतिशत भने पढ्ने उद्देश्यले नै त्यहाँ जाने गरेको पाएको छु। त्यसैले यहाँको शिक्षाको गुणस्तर मात्रै समाधान होइन।'

पुँजी पलायन लगायतका समस्याका बाबजुद नेपालले यसरी पढ्न भनेर विदेश जान चाहनेलाई रोक्न सक्ने अवस्था नहुने राष्ट्र बैंक बताउँछ।

'अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सदस्य राष्ट्रहरूले गर्ने एक सम्झौता 'आर्टिकल ८' ले हाल भइरहेको अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी वा ट्रान्सफर रोक्न नपाइने व्यवस्था गरेको छ,' राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने, 'त्यसैले पनि यसलाई रोक्न सहज छैन।'

विदेश जानै रोक्न नसकिए पनि यसरी गएकाहरूलाई वा उनीहरूको कमाइलाई मुलुक भित्र्याउन भने राज्यले पहल गर्नुपर्ने शिक्षाविद् कोइराला बताउनुहुन्छ। 'विदेश जानेलाई रोक्नुपर्छ भन्ने मलाई लाग्दैन,' कोइरालाले भन्नुभयो, 'तर उनीहरूको शरीर, सीप, प्रविधि वा पैसा कुनै न कुनै कुरा भने भित्र्याउन सक्नुपर्छ।'

विकास निर्माणका लागि पुँजी अभावको समस्या रहिरहेकाले यसरी विदेशिएकालाई कम्तीमा १५ देखि २० प्रतिशतसम्म प्रतिफल दिने कार्यक्रम ल्याउनुपर्ने कोइरालाको धारणा छ।

'यसरी प्राप्त गरेको पुँजी सरकारले जलविद्युत वा अन्य क्षेत्रमा लगानी गर्न सक्नुपर्छ,' उहाँले भन्नुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn