नेपाली

वैदेशिक शिक्षाका लागि नेपालबाट ३ खर्ब रुपैयाँ पलायन

criPublished: 2022-06-30 16:29:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

शिक्षाको नाममा नेपालबाट विदेशिने रकम तीन खर्ब रूपैयाँभन्दा बढी भइसकेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पछिल्लो एक दशकमा शिक्षाका लागि दुई खर्ब ६७ अर्ब रूपैयाँ बाहिरिएको छ। चालु आर्थिक वर्षको दस महिनामा मात्रै ५१ अर्ब ३३ करोड रूपैयाँ बाहिरिएको सेतोपाटी अनलाइनले लेखेको छ। अघिल्लो दस वर्षको रकमा यो दस महिनाको समेत जोड्दा तीन खर्ब रूपैयाँभन्दा धेरै बाहिरिएको देखिन्छ।

पछिल्लो समय मुलुकको विदेशी मुद्रा सञ्चिति दबाबमा परेको छ। योसँगै कतिपयले शिक्षा लिनकै लागि बाहिरिने रकम रोक्न यसमा कडाइ गर्नुपर्ने तर्क गरिरहेका छन्।

अर्थविद् डाक्टर अच्युत वाग्ले यसरी रकम बाहिरिनु हाम्रो अर्थतन्त्रका निम्ति राम्रो नहुने बताउनुहुन्छ। 'स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययनका लागि विदेश जानु ठिकै हो। तर सोभन्दा कम तहको शिक्षा दिन यहीँका कलेजहरू सक्षम छन्,' अर्थविद् वाग्लेले भन्नुभयो, 'अहिलेको यो प्रवृत्तिले नेपाललाई कुनै पनि हित गर्दैन।'

अर्कातिर मुलुकमा मदिरा वा चुरोट लगायतको आयातमा मात्र वार्षिक अर्बौं रूपैयाँ बाहिरिरहेको भन्दै शिक्षामा रोक लगाउनु सही नहुने तर्कहरू पनि सुनिएका छन्। वाग्ले भने यस्तो तर्क त्यसको लाभ लिन सक्ने वर्गहरूले मात्रै गरिरहेको दाबी गर्नुहुन्छ।

'यस्ता वर्गले भूमण्डलीकरण र नागरिक स्वतन्त्रताको वकालत गर्दै शिक्षामा यस्तो रोक लगाउन नहुने बताइरहेका छन्,' वाग्लेले थप्नुभयो, 'अहिलेको प्रवृत्तिले यहाँका विश्वविद्यालयहरूले आफ्नो क्षमता अभिवृद्धि गर्ने चुनौती लिइरहेका छैनन्। यहाँको मानव र पुँजी पलायन भइरहेको छ। समाज समेत विघटन भइरहेको छ।'

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार एक दशकमा करिब चार लाख विद्यार्थीले विदेश जान आवश्यक 'नो अब्जेक्सन' पत्र लिएका छन्। यसरी जानेहरू जापान, अस्ट्रेलिया, कोरिया, चीन, अमेरिका, साइप्रस लगायत पुगेका छन्। पछिल्लो समय धेरैजसो विद्यार्थी अस्ट्रेलिया, अमेरिका जस्ता मुलुक गएर नफर्किने र यहाँको सम्पत्तिसमेत बिक्री गरेर उतै बस्ने परिपाटी मौलाएको छ। यसले पुँजी पलायनको समस्या समेत देखिने गरेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn