नेपाली

चिनियाँ सहयोगमा निर्माण भइरहेको पोखरा विमानस्थल नजिकको रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति

criPublished: 2022-06-29 16:29:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आयोजना क्षेत्रमा अभिलेख भएका प्रमुख वनस्पतिमा साल, कटुस, चिलाउने, सिमल, पिपललगायत प्रजातिका रुख रहेका छन्। यी रुखको गणना डिभिजन वन कार्यालय कास्कीले गरेको थियो। सोही आधारमा ६ सय रुख काट्नु पर्ने देखिएको हो।

आयोजनाको ईआईए प्रतिवेदनले निर्माणाधीन विमानस्थलको निर्माण तथा सञ्चालनबाट स्थानीय क्षेत्रका साथै समग्र गण्डकी प्रदेशमा उल्लेखनीय रुपमा सकारात्मक प्रभाव पर्ने र यसले स्थानीय व्यापार–व्यवसायमा वृद्धि हुने देखिएको छ।

रोजगारीको अवसर वृद्धि, प्राविधिक सीप र क्षमतामा वृद्धि हुनुका साथै पर्यटन र अन्य व्यवसायमा वृद्धि हुने देखिएको छ। आयोजनाका लागि काटिने डाँडाका कारण भू–उपयोग तथा परिदृश्यमा आउने परिवर्तन, ढुंगा माटोको व्यवस्थापनको सवा, ध्वनि, वायु, जल तथा माटो प्रदूषणलाई समेत नकारात्मक प्रभावका रुपमा औल्याइएको छ।

यसबाट वन्यजन्तुको बासस्थानको क्षय हुनुका साथै खेतीयोग्य जमिन र कृषि उत्पादनमा समेत ह्रास आउने देखिएको छ। आयोजनामा वन्यजन्तुसँगको टक्कर, सिंचाइ कुलोमा प्रभाव यस आयोजनाबाट हुने नकारात्मक प्रभाव हो।

राष्ट्रिय गौरवको आयोजना भएकाले कटान गर्ने एक रुख बराबर १० वटा नयाँ रुख रोप्नु पर्ने छ। रुख रोप्न नसक्ने अवस्थामा वन क्षेत्र प्रयोग गरे वापत सो बराबरको वन क्षेत्रको सट्टाभर्नाका लागि डिभिजन वन कार्यालयसँग समन्वय भने आयोजनाले गर्नुपर्नेछ।

यस भेगमा रहेका चराको वासस्थान अन्यत्र सार्न वन कार्यालयले भूमिका खेल्ने छ। आयोजनाका लागि चाहिने रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने र स्रोत साधनको व्यवस्थापन समेत आयोजनाले बेहोर्ने प्रतिवेदनमा उल्लेख छ।

रिठ्ठेपानी डाँडा कटानको सवालमा स्थानीयसँग गरिएको अन्तरक्रियामा त्यहाँ रहेका चण्डी मन्दिरको संरक्षणको माग गरिएको छ। यसमा समेत आयोजनाले काम गर्नुपर्ने भएको छ।

डाँडा कटानपछि यस स्थानमा विमानस्थलको कुनै पनि संरचना भने बन्ने छैनन्। यो डाँडाको कटान विमान उडान र अवतरणको सुरक्षाका लागि मात्र भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार स्थानीय बासिन्दाले आयोजना क्षेत्रको वरपरका मन्दिरको संरक्षण आमा समूहलाई सहयोग र विमानस्थल तथा रिठ्ठेपानी क्षेत्रमा हरियाली प्रवर्द्धन गर्न बजेट माग भएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn