नेपाली

चिनियाँ सहयोगमा निर्माण भइरहेको पोखरा विमानस्थल नजिकको रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति

criPublished: 2022-06-29 16:29:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ सहयोगमा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने कास्कीको रिठ्ठेपानी डाँडा कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र वन विभागबीच सहमति भएको छ। प्राधिरणका प्रवक्ता जगन्नाथ निरौलका अनुसार करिब ६ सय वटा रुख कटानका लागि सहमति भएको अनलाइन खबरले लेखेको छ।

प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाएको थियो। प्रतिवेदन अनुसार रिठ्ठेपानी डाँडा कटान गर्दा ६ सय वटा रुख र पोल आकारका रुख काट्नु पर्ने देखिएको थियो।

‘अब रुख कटान हुने भएपछि माटो कटानका लागि टेन्डर गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘अब रिठ्ठेपानीको डाँडा काट्न बाटो खुलेको छ।’ निर्माणाधीन विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किलोमिटर दूरीमा यो डाँडा छ। प्रतिवेदन अनुसार यो डाँडालाई १२ देखि ४० मिटरसम्म कटान गर्नुपर्नेछ।

यसरी कटान हुने डाँडामा रहेको २.१७६ हेक्टर वनमा रहेको रुखहरु काटिने छन्। प्राधिकरणले पुस २०७७ मा वन तथा वातावरण मन्त्रालयबाट यो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको सहमति प्राप्त गरेको थियो।

विमानस्थल आयोजना भने अहिले धमाधम बनिरहेको छ। विमानस्थलको भौतिक प्रगति ९७ प्रतिशत पुगिसकेको प्रवक्ता निरौलाले जानकारी दिनुभयो। ‘उपकरण जडान र फिनिसिङको काम भइरहेको छ,’ उहाँले भन्नुभयो। पोखराको छिन्नेडाँडामा बनिरहेको विमानस्थलको धावनमार्ग २५ मिटर लम्बाइ र ४५ मिटर चौडाइको रहेको छ।

तर, धावनमार्ग पूर्व–पश्चिम दिशामा रहेका कारण विमानस्थलको सामुन्नेमा रहेको रिठ्ठेपानी डाँडा कटान गर्नुपर्ने देखिएपछि प्रक्रिया अघि बढेको थियो। काम थालेको तीन महिना भित्र डाँडा कटानको काम पूरा हुने प्राधिकरणको दाबी छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn