नेपाली

सगरमाथा आधा शिविर नम्बर ४ मा अत्यधिक प्रदुषण रहेको आरोहीको भनाइ

criPublished: 2022-06-28 18:13:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२२ को सेप्टेम्बर, अक्टोबर मनास्लु हिमाल र अमादब्लम शिखर चढ्ने योजना बनाएको उहाँले बताउनुभयो। सगरमाथा चढिसकेको आरोहीले त्यो भन्दा साना शिखर चढ्ने लक्ष्य किन राख्नु भयो भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, ‘८ हजार मिटर भन्दा अग्ला मनास्लु जस्ता हिमाल सबै आरोहीका लागि सधै चुनौति हुन्, साथै ६ हजार मिटर अग्लो अमादब्लम प्राविधिक शिखर भएकाले मैले यी हिमाल चढ्ने लक्ष्य लिएकी हुँ।’ आफूले नियमित रूपमा शिखरहरू आरोहण गरेको खण्डमा आधार शिविरमा स्वास्थ्य शिविर संचालन गर्न सक्ने र त्यसको प्रत्यक्ष फाइदा अन्य आरोहीहरूले लिन सक्ने उहाँले बताउनुभयो।

सगरमाथा आरोहणका लागि कुनै पनि व्यक्ति शारीरिक तथा मानसिक रूपमा सबल हुनुपर्ने र त्यसअघि ६ हजार मिटर भन्दा अग्ला केही शिखरहरू चढेको अनुभव हुनुपर्ने उहाँले बताउनुभयो। हाल स्वदेशी पर्वतारोहीको हकमा सगरमाथा आरोहण गर्न ३५ देखि ४० लाख रुपैया खर्च लाग्ने उहाँले जानकारी दिनुभयो। हिमाल आरोहणमा रुची राख्ने तर यस विषयमा कुनै जानकारी नभएका स्वदेशी तथा विदेशी पर्वतारोहीको सहयोगका लागि भुसालले साथीहरूसँग मिलेर हिमालयन सेपर्ड इको टुरिजम प्राइभेट लिमिटेड संचालन गरिरहनु भएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn