नेपाली

सगरमाथा आधा शिविर नम्बर ४ मा अत्यधिक प्रदुषण रहेको आरोहीको भनाइ

criPublished: 2022-06-28 18:13:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सगरमाथा आरोही डाक्टर प्रीति भुसालले सगरमाथामा प्रदुषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउनु भएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डाक्टर भुसालले शिविर नम्बर ४ मा प्रदुषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक भएको बताउनु भएको न्युजपोलार अनलाइनले लेखेको छ।

१, २, ३ नम्बर शिविर भने तुलनात्मक रूपमा सफा रहेको उहाँले बताउनुभयो। नेपालको पहिलो महिला चिकित्सकका रूपमा डाक्टर भुसालले वैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको थियो। कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफुले सगरमाथा आरोहण गरेको उहाँको भनाइ छ।

त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु आफ्नो आरोहणको दोस्रो लक्ष्य रहेको उहाँले बताउनुभयो। ‘हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा समेत मैले सगरमाथा आरोहण गरेको हुँ’ उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो। बाल्यकालदेखि नै डाँडाकाँडा उक्लने, पौडी खेल्ने लगायतमा संलग्न भएकाले र पछिल्लो पटक फ्रान्स, स्विजरल्याण्ड लगायतका देशमा सुन्दर हिमालहरू देखेपछि आफ्नै देशका हिमालहरू चढ्ने प्रण गरेको उहाँले बताउनुभयो।

सगरमाथा आरोहणको क्रममा डाक्टर भुसालको साथमा व्यक्तिगत पथप्रदर्शक (गाइड) को रुपमा फुर्बा थिलो शेर्पा र पासाङ गेलु शेर्पा रहेका थिए। उहाँको आरोहण अभियानको नेतृत्व चर्चित पर्वतारोही पेम्बा दोर्जी शेर्पाले गर्नु भएको थियो। अलग प्रसङ्मा उहाँले डाक्टरी पेशा र हिमाल अरोहणलाई अब सँगसँगै मिलाएर लैजाने योजना बनाएको बताउनुभयो। हाल धापासी स्थित ग्रयाण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डाक्टर भुसालको उच्च उचाई तथा खेल चिकित्सक भएर बिरामीहरूको सेवा गर्ने लक्ष्य रहेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn