नेपाली

चीनमा नेपाली चिया पुरस्कृत

criPublished: 2022-06-27 16:17:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको कञ्चनजङ्घा हिमालको फेदमा रहेको कञ्चनजङघा चिया बगानबाट उत्पादित उच्च गुणस्तरीय अर्गानिक सेतो चिया 'ह्वाइट टी' लाई चिनियाँले मन पराएका हुन्। उच्च अक्षांशमा उत्पादित, शून्य प्रदूषण वातावरणको प्रभाव, नेपालको अनुपम मौलिक हावापानी आदि कारणले नेपालको चियालाई विश्वमै उत्कृष्ट मानिन्छ।

पूर्वी पहाडी नेपालको हावापानी पनि चियाका लागि सुहाउँदो छ। वार्षिक एक हजार ८ सय मिलमिटरको वर्षा, औसत तापमान १५ डिग्री सेल्सियस अनि दिन र रातको तापमान भिन्नतामा एक रुपताले पनि यो क्षेत्र चियाका लागि उपयुक्त मानिएको हो। हरेक दिन बादल र घामको एकान्तर परिवर्तन, चिया बगानका लागि चाहिने ठाडो ढलानको भू बनोट, जङ्गलले घेरिएको क्षेत्रमा चिया रोप्न र टिप्न झापाको समथर भूबनोटको तुलनामा कठिन भए पनि पहाडी क्षेत्रमा उत्पादित चियाको गुणस्तर उच्च हुने गर्छ।

पहाडी उचाइमा चिया पात र मुना निकै ढिलो बढ्ने गर्छन्। यसरी ढिलो बढ्ने चियाका पात र मुनामा उच्च गुणस्तर र कम क्याफिन तत्व हुने वैज्ञानिकहरुले पुष्टि गरेका छन्। साथै यस्तो चियामा प्राकृतिकजन्य गुण चाहिँ उच्च हुन्छ। चियाको स्वाद र वासनाका पारखीले उच्च पहाडमा उत्पादित चियालाई राम्ररी खुट्याउँछन्।

चीनमा बिक्री हुन थालेको नेपाली चियामा सुनौलो चिया अर्थात 'ब्ल्याक टी' अर्को प्रकारको चिया हो। यसमा दुई पात एक सुइरोको चिया सबैभन्दा उत्कृष्ट मानिन्छ। यो चियालाई चिनियाँहरुले वासना र स्वादका कारण उत्कृष्ट ठहर्‍याएका छन्। यो चिया चीनको 'चङशान' र 'चिनचुन्मेइ'भन्दा फरक रहेको नतिजाले पुष्टि गरेको छ। 'चङशान' र 'चिनचुन्मेइ' चीनका उत्कृष्ट चियामा दरिएका छन्। नेपाली सुनौलो चियाको स्वाद पनि उत्कृष्ट चिनियाँ चियाकै हाराहारीमा रहेको नतिजाले देखाएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn