नेपाली

चीनमा नेपाली चिया पुरस्कृत

criPublished: 2022-06-27 16:17:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनमा हरेक वर्ष आयोजना हुने चिया महोत्सवमा नेपाली चियाले उत्कृष्ट रजतपदक जितेको छ। गत अप्रिल १६ तारिखमा बेइजिङमा आयोजना भएको सातौँ चिया महोत्सवमा पहिलोपटक नेपाली चिया प्रतिस्पर्धामा उत्रिएको नेपाल भ्युज अनलाइनले लेखेको छ।

अन्तर्राष्ट्रिय कृषि सहयोग प्रवर्द्धनका लागि चिनियाँ चिया उद्योग समितिको एसिया प्यासिफिक शाखाले चिया महोत्सवसँगै अन्तर्राष्ट्रिय चिया प्रतियोगिताको आयोजना गरेको हो। चीनमा विगत आठ वर्षदेखि हरेक वर्ष चिया महोत्सव र प्रतियोगिता आयोजना हुँदै आएको छ। गत अप्रिलमा भएको महोत्सव तथा प्रतियोगिता सातौँ संस्करण हो।

उक्त प्रतियोगितामा डेढ दर्जन राष्ट्रका विभिन्न कम्पनीहरु सहभागी भएका थिए। एसिया तथा युरोपका २० जना चिया विज्ञहरुले कुन चिया कस्तो छ भनेर मूल्याङ्कन गरेका थिए। ती विज्ञहरुले चियाको स्वाद, वासना, बनावट संरचना आदि कुराबाट कुन चिया कस्तो हो भन्ने खुट्याएका थिए। प्रतियोगिता गत अप्रिलमै आयोजना भएको तर नतिजा भरखरै प्रकाशन भएको हो।

चिनियाँ र विभिन्न देशका चिया विज्ञका नजरमा नेपाली चियाले चीनमा पुरस्कृत हुने मौका पाएसँगै चिनियाँ बजारमा नेपाली चियाको माग वृद्धि हुने नेपालका प्रमोद घिमिरेले बताउनुभयो। लामो समयदेखि चीनमा बसेर रेष्टुरेन्ट संचालन गर्दै आउनु भएका घिमिरेले गत माघमा नेपालबाट एक सय कालो र एक सय किलो सेतो नेपाली चिया नेपालबाट ल्याउनु भएको थियो। त्यसभन्दा अगाडि अनौपचारिक रुपमा नेपाली चिया चीनमा आउने गरेको थियो। घिमिरेले चाहिँ एलसी खोलेरै नेपाली चिया मगाउनु भएको थियो।

आफूले नेपालबाट ल्याएको चियालाई महोत्सवमा सहभागी गराएर प्रतिस्पर्धी बनाएको घिमिरेले बताउनुभयो। उहाँले भन्नुभयो 'नेपाली चिया चीनमा पुरस्कृत भएकाले आगामी दिनमा यसको बजार प्रवर्द्धनमा सहयोग पुग्ने कुराले उत्साह थपेको छ। अब चाँडै थप चिया नेपालबाट मगाउने बिचार गरेको छु।'

12全文共 2 页下一页

Share this story on

Messenger Pinterest LinkedIn