नेपाली

विपत् व्यवस्थापन र उद्धारका लागि तयारीमा नेपाली सेना

criPublished: 2022-06-27 16:21:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बाढीपहिरोबाट राजमार्ग अवरुद्ध हुन सक्ने पूर्वानुमानअनुरूप त्यस्तो अवस्थामा तत्काल राजमार्ग सुचारु गर्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर र चितवनको नारायणघाट तथा पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी र काठमाडौँको थानकोटमा आकस्मिक पुल (एक्रोब्रिज)समेत तयारी अवस्थामा राखिएको छ । विपत् व्यवस्थापनमा निर्देशनालयमा २९ जना, राष्ट्रिय विपत् व्यवस्थापन शिक्षालयमा १०५ जना र विपत् व्यवस्थापन गणमा ५७१ गरी जम्मा एक हजार २७६ जना रहेका छन् ।

केन्द्रीय सुरक्षा समिति, स्थानीय प्रशासन, जिल्ला दैवीप्रकोप समिति तथा स्थानीय निकायबाट उद्धारका लागि माग भएमा नेपाली सेना आवश्यक समन्वय गरी खोज तथा उद्धार कार्यमा परिचालन हुने गरेको छ । कठिन भौगोलिक बनावट रहेका स्थानमा ‘ट्याक्टिकल लेभल सर्च एन्ड रेस्क्यु’ र दुर्गम स्थानमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन आफूसँग रहेका हवाई साधनलाई समेत उपयोग गर्नेगरी तयारी अवस्थामा राखेको सेनाले जनाएको छ ।

पछिल्ला दिनमा निरन्तर वर्षा भइरहँदा नदीनालामा पानीको बहाव बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान शाखाका बाढीविज्ञ सुनील पोखरेलले एक सातायताको समयमा ठूला, मझौला, साना नदी तथा खहरेमा बहाव बढ्न थालेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो।

उहाँका अनुसार विशेषगरी पाल्पा र नारायणीआसपासका नदी तथा खहरेमा शुक्रबारदेखि नै बहाव तीव्र रूपमा बढेको छ। शनिबारबाट प्रदेश १ को इलाम, सङ्खुवासभा, उदयपुर, बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, म्याग्दी, बागलुङ र लुम्बिनी प्रदेशको रोल्पाका नदी तथा खहरेमा पानीको बहाव बढ्दै गएको छ।

उहाँले आइतबारदेखि बूढीगण्डकी, त्रिशूली, कालीगण्डकी, कोसी, पश्चिम राप्ती, बागमती, कनकाईलगायतका ठूला नदी र आसपासका साना नदीमा बहाव बढ्ने तथा केही खहरेमा आकस्मिक बहाव हुने भएकाले सतर्क रहनुपर्ने बताउनुभयो। सोमबारदेखि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका ठूला तथा साना नदीमा बहाव सतर्कता तहसम्म पुग्ने अनुमान बाढी पूर्वानुमान शाखाले गरेको छ। महाशाखाका मौसमविद् राजु प्रधानाङका अनुसार आउँदा केही दिनभित्र मनसुन देशव्यापी हुने भएको छ।

महाशाखाकै कृषि मौसम बुलेटिनले जनाएअनुसार साताभर नै निरन्तर बदली र वर्षा हुनेछ। देशका छवटा प्रदेशमा मनसुन फैलिसकेको छ। सुदूरपश्चिम प्रदेशमा मात्र मनसुन भित्रिन बाँकी छ। अन्य प्रदेशमा मनसुनको जलवाष्पयुक्त वायुको प्रसार भइसकेकाले अब त्यो बाक्लिएर घना वर्षामा परिणत हुन बाँकी रहेको महाशाखाले जनाएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn