नेपाली

विपत् व्यवस्थापन र उद्धारका लागि तयारीमा नेपाली सेना

criPublished: 2022-06-27 16:21:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मनसुन सुरु भएसँगै सम्भावित बाढीपहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्युनीकरण तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ पारित गरी उद्धार, पुनस्र्थापना तथा राहतमा नेपाली सेनाको नेतृत्वमा अन्य तीनवटा सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

मनसुन पूर्ण रूपमा सक्रिय हुनुपूर्व हुन सक्ने जनधनको क्षति कम गर्न तथा खोज एवं उद्धारमा प्रभावकारी रूपमा परिचालन हुनेगरी सेना पूर्वतयारीमा जुटेको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सम्भावित विपत् व्यवस्थापन तथा उद्धारका लागि नेपाली सेना ७७ वटै जिल्लामा तयारी अवस्थामा रहेको बताउनुभयो ।

सेनाले सम्भावित क्षेत्रको पहिचान गरी पूर्वतैनाथी तथा तयारी गरेको छ ।राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक वर्षा र बाढीपहिरोका कारण देशभर चार लाख २६ हजार घरधुरीमा क्षति पुग्ने र २० लाख जनसङ्ख्या प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ ।

नेपाली सेनाले विपत् व्यवस्थापनका लागि देशका चारवटा कमान्ड मुख्यालय तथा ७७ वटै जिल्लामा रहेका गण तथा प्लाटुनबाट जुनसुकै अवस्थामा परिचालन हुनेगरी एक हजार २७६ सैनिक तयारी अवस्थामा राखेको छ । नौ हजार ७१६ विशेष तालिम प्राप्त सैनिक रिजर्भ फोर्सका रूपमा तयारी अवस्थामा राखिएको छ ।

सम्भावित क्षति कम गर्न सामुदायिक विपत् प्रतिकार्य तालिम २० हजार ३६३ स्थानीयलाई सेनाले तालिम प्रदान गरिसकेको छ । डुबान तथा बाढीले क्षति पु-याउन सक्ने मध्यतराई तथा नदी क्षेत्रमा उद्धारका लागि ७१ वटा मोटरबोट र ८० वटा रबरबोट तयारी अवस्थामा राखिएको छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn