नेपाली

आयात बराबरको विदेशी मुद्रा नआए नेपाल पनि श्रीलंकाकै बाटोमा पुग्ने राष्ट्रबैंकका गभर्नरको चेतावनी

criPublished: 2022-06-23 17:24:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालखबर अनलाइनका अनुसार गभर्नर अधिकारीले मौद्रिक नीति जादुको छडी नभएको बताउँदै मौद्रिक नीति राष्ट्र बैंकको उद्देश्य अनुरुप सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरी ल्याइने बताउनुभयो। गभर्नर अधिकारीले मौद्रिक नीति बनाउन सरकारको बजेटले दिएको मार्ग दिएको बताउनुभयो। उहाँले पछिल्लो समय बैंकहरुमा ब्याजदर बढ्दै गएको बताउँदै अझै बढ्नसक्ने अनुमान गर्नुभयो।

गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरुले बढेको ब्याजदरमा सबैले स्वीकार्नुपर्ने बताउनुभयो। अर्थतन्त्रका लागि जिम्मेवार पक्षहरू सबैजना आआफ्ना दायित्वमा इमानदार भएमात्रै अहिलको संकटको सामना गर्न सकिने जिकिर उहाँले गर्नुभयो। उहाँले कुल गार्हस्थ्य उत्पादनको १०७ प्रतिशतको ऋण कसले चलाएको छन् भन्ने प्रश्न गर्दै त्यस्तो ऋण प्रणालीमा स्वभाविक रुपमा फर्किने विश्वास व्यक्त गर्नुभयो।

गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा उतारचढाव आउँदा उद्योग व्यवसाय क्षेत्रमा प्रभाव पर्नु स्वभाविक रहेको भन्दै दुई वर्ष अगाडिको भन्दा अहिले निजी क्षेत्र कम्फरटेबल जोनमा नै रहेको बताउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn