नेपाली

आयात बराबरको विदेशी मुद्रा नआए नेपाल पनि श्रीलंकाकै बाटोमा पुग्ने राष्ट्रबैंकका गभर्नरको चेतावनी

criPublished: 2022-06-23 17:24:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने बताउनुभएको छ। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिद्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताउनुभएको हो।

उहाँले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखे मात्रै मुलुकको अर्थतन्त्र लयमा आउने बताउनुभयो। गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्सले उत्पादन नभइ विदेशबाट नै आयात गर्नाले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको बताउनुभयो। श्रीलंकाले लिट्टेसँग लडाइँ गर्दा पनि नभोगेको अर्थतन्त्रको चुनौती अहिले त्यहाँका जनताले भोगेको भन्दै गभर्नर अधिकारीले नेपालले पनि उत्पादकत्व वृद्धिमा जोड नदिएर आयात मात्रै गरे श्रीलंकाकै अवस्था हुने दाबी गर्नुभयो।

‘अब जबसम्म हाम्रो सोच मान्छे बाहिर पठाउने, रेमिटेन्स आएको छ। त्यो पैसाले आयात गरेका छौं। त्यो खाँचो छ। उत्पादन छैन। नेपालमा भएको डलर पनि सिद्याउँदै जान्छौं। आयात बराबर डलर आउने माध्यम बनाउन सक्नुपर्यो नी ? त्यो योजना हाम्रो हुनुपर्यो। त्यति गर्न सकेनौँ', उहाँले भन्नुभयो, 'त्यो बेलासम्म विदेशी मुद्रा सञ्चिति धमिराले खाएझैँ गयो भने हामीलाई भोलि समस्या पर्छ। त्यस कारण हामी सबै सतर्क र सजक रहौं भने हाम्रो अर्थतन्त्रलाई ठाउँमा नै राख्न सक्छौं। जनताले दुःख गरेर ल्याएको सम्पती बैंक तथा वित्तीय क्षेत्रलाई जिम्मा दिएका छन्। त्यसलाई हामीले सही सदुपयोग गरेर आन्तरिक उत्पादन बढाउनतिर लगाउनु पर्‍यो।'

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn