नेपाली

श्रमस्वीकृति लिने नेपालीको सङ्ख्या पाँच वर्षयताकै उच्च

criPublished: 2022-06-19 16:19:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बीचमा २ वर्ष मन्द रहेको वैदेशिक रोजगारी चालु आर्थिक वर्षको पुससम्म निरन्तर बढेको तथ्यांकले पुनः लयमा फर्कने संकेत गरेको छ। कोरोना संक्रमण अघि मासिक ४० हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीमा जाने गरेकोमा चालु आवको औषत ५० हजार भन्दा बढी रहेको छ। कोरोना संक्रमणअघिको सामान्य अवस्थामा मासिक रुपमा ४० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए। चालु आवको चैतमा आएर वैदेशिक रोजगारीमा जानेको संख्या बिगतको सामान्य अवस्थामा भन्दा बढी पुगेको छ। विभागका काठमाडौं कार्यालय ताहाचलका अनुसार कोरोना संक्रमणदरमा कमी आएपछि वैदेशिक रोजगारीमा जान समग्र श्रमस्वीकृति लिनेको संख्या बढेको छ। कार्यालयका अनुसार राजधानीसहित देशभरका ७ श्रम कार्यालयबाट श्रमस्वीकृति लिने व्यवस्था अनलाइनमार्फत गरेका कारण श्रमिकलाई सेवा लिन सहज समेत भएको छ।

सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा नै जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रमस्वीकृतिको संख्यामा वृद्धि भएको हो। नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार विगत ३ वर्ष घटेर पुनः बढ्ने क्रममा रहेको छ। विगत ३ आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको संख्या क्रमशः घट्दो दर रहेको पाइएको थियो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn