नेपाली

श्रमस्वीकृति लिने नेपालीको सङ्ख्या पाँच वर्षयताकै उच्च

criPublished: 2022-06-19 16:19:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु आर्थिक वर्षको ११ महिनामा श्रमस्वीकृति लिएर विदेश जाने नेपाली श्रमिकको संख्या ५ लाख ५५ हजार पुगेको छ। यो संख्या आर्थिक वर्ष २०७४-०७५ पछिको सबैभन्दा बढी हो। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा भने तेब्बर बढी हो। गत वर्षको ११ महिनामा १ लाख ४६ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए। कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण कोरोना संक्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य वृद्धि भएको कारोबार अनलाइनले लेखेको छ। गत वर्षको यही अवधिको तुलनामा चालु आवको चैतसम्म लगभग तेब्बरभन्दा बढीले वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। गत वर्षको चैतसम्म १ लाख ४६ हजार ४० रहेकोमा चालु आवमा ५ लाख ५५ हजार ५७३ युवाले श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका कम्प्युटर इन्जिनियर अर्जुन यादवले जानकारी दिनुभयो।

चालु आवको पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च देखिएर बीचको २ महिना केही घटेर चैतमा पुनः बढेको छ। कोरोना संक्रमणको तेस्रो लहरपछि चैतमा सबैभन्दा बढी युवाले श्रमस्वीकृति लिएको पाइएको छ। चालु आर्थिक वर्षको साउन महिनामा २३ हजार ३७ ले विदेश जान श्रमस्वीकृति लिएकोमा यो संख्या चैतमा ५२ हजार पुगेको छ। विगत २ वर्षदेखि न्यून रहेको वैदेशिक रोजगारीको श्रमस्वीकृति चालु आवको ११ महिनासम्म आउँदा ५ वर्षयताकै उच्च देखिएको हो। गत आवको पहिलो ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने श्रमिकको संख्या ३ गुणाले बढ्नु रेमिट्यान्स वृद्धिको सकारात्मक संकेत हो।

कोरोनाविरुद्धको खोप सहज व्यवस्थापन भएपछि नेपालबाट रोजगारीका लागि जान श्रमस्वीकृति लिने युवाको संख्या यो वर्ष भने घटेको छैन। तर पुनः कोरोनाको तेस्रो लहर सुरु भएका कारण श्रमस्वीकृति लिनेको संख्या माघ र फागुनमा भने सामान्य घटेको पाइएको थियो। कोरोनाको तेस्रो लहरमा कतिपय रोजगारदाताले नेपाल पठाएको मागपत्र रद्द गरेका कारण बीचमा श्रमस्वीकृतिको संख्या घटेको विज्ञको भनाइ छ। तर जेठ महिनामा भने श्रमस्वीकृति लिनेको संख्या वैशाखको तुलनामा बढेको छ। वैशाखमा ४५ हजार रहेको श्रमस्वीकृति संख्या जेठमा ५७ हजार पुगेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn