नेपाली

चीनमा कजाकिस्तानका युवाको पाँच वर्षको अध्ययन जीवन

CRIPublished: 2023-01-20 09:23:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कजाकिस्तानका युवा चौ आननान हुपै उद्योग विश्वविद्यालयबाट स्नातक हुनेछन्। ऊहानमा पाँच वर्षसम्म अध्ययनका क्रममा उनले चिनियाँहरूको उत्साह र दयालु भावनाको अनुभव गरेका छन्। उनले विदेशमा नयाँ “घर” भेटेको अनुभव गरेका छन्।

केही दिनअघि हुपै उद्योग विश्वविद्यालयको स्नातक समारोहमा एकजना विदेशी युवाले चिनियाँ भाषाद्वारा पाँच वर्ष लामो अध्ययन जीवनमा पाएका न्यानो क्षणबारे बताएका छन्।

यो युवाको नाम चौ आननान हो। उनी कजाकिस्तानबाट आएका हुन्। पाँच वर्षअघि चीनमा अध्ययन गर्न आएका एकजना साथीले उनलाई चीनबारेको अनुभव सुनाएका थिए। त्यसपछि चौ आननानले चीनप्रति गहिरो चासो लिन थालेका थिए। उनले मातृभूमि र परिवारसँग विदाई भएर अध्ययन गर्न चीन आए। चौ भन्छन् “उच्च माध्यमिक विद्यालयमा पढ्दा हामीले इतिहास पाठ पढेका थियौं। चीनको इतिहास पढ्दा शिक्षकले चीनको दीर्घकालीन इतिहास रहेको, हामीले पूरै सिक्न नसक्ने कुरा भन्नुभयो। चीन एक खजाना हो। चीन पूरै जानकारी लिन नसकिने मुलुक हो।”

चीन आएपछि चौ आननानले विदेशमा “घर” भेटेको महसूस गरेका छन्। सन् २०२० बसन्त चाडको अवसरमा उनले सहपाठीहरूसँग हुपै प्रान्तीय व्हाङ काङ शहरको गाउँ गए। कोरोना भाइरस महामारीका कारण उनले सहपाठीको घरमा चार महिनासम्म बसे। सहपाठीको घरमा सबैजनाले उनलाई हेरचाह गरेका थिए। चौ आननानले कहिलेँ बिर्सन सक्दैनन्। चौ आननान भन्छन् “मेरो बुबा र आमाबाहेक, कुनै पनि व्यक्तिले सहपाठीका बुबाआमाजस्तै मलाई यसरी हेरचाह गरेका छैनन्।”

यस पटकको अनुभवपछि चीनको ग्रामीण क्षेत्रबाट चौ आननानको मनमा गहिरो छाप परेको थियो। उनको स्मृत्तिमा गाउँका हरेक मानिस खेतीपाती गर्न व्यस्त छन्। फुर्सदमा सबैजनाले सँगसँगै बसेर कुराकानी गर्छन्। उनी भन्छन् “व्यक्तिहरूबीच पर्खाल नभएको मेरो महसूस छ। सबजना परिवारजस्तै छन्। एक अर्कालाई मद्दत दिन्छन्। कुनै पनि व्यक्तिलाई एक्लोपनको आभाष हुँदैन।”

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn