नेपाली

चीन र साउदी अरबिया बीचको सहयोगको स्तर उकासिँदै आएको

CRIPublished: 2023-01-02 16:14:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरिएपछि चीन र साउदी अरबियाको ऊर्जा बीचको सहयोगमा निरन्तर रुपमा नयाँ परिवर्तन आएको छ। विशेष गरी दुई पक्षले संयुक्त लगानी गरी निर्माण गरेको ऊर्जा परियोजना छ। यान बु तेल प्रशोधन कारखाना निकै प्रशंसनीय छ।

साउदी अरबियाका लागि चीन सबैभन्दा मुख्य र शक्तिशाली साझेदारमध्येको एक बनेको छ, जुन हाम्रा लागि निकै महत्त्वपूर्ण छ। चिनियाँ व्यवसायहरुको प्रयास र लगानी नभएमा हाम्रा यी कारखाना, पूर्वाधार र औद्योगिक परियोजनाहरु कसरी निर्माण हुने थियो हामीलाई थाहा छैन।

चीन र साउदी अरबियाका व्यक्तिहरुले भविष्यमा दुई मुलुकले आर्थिक तथा व्यापारिक, ऊर्जा, बिग डाटा र एआई लगायत क्षेत्रमा आपसी सहयोग निरन्तर रुपमा विस्तार हुने ठहर गरेका छन्। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिन यसरी भन्नुहुन्छ,

चीन र साउदी अरबिया सर्वतोमुखी रणनीतिक साझेदार हुन्। विभिन्न क्षेत्रमा रहेको सहयोगले दुई मुलुकका जनताका लागि वास्तविक फाइदा ल्याएको छ। चीन र साउदी अरबिया बीचको सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धलाई अरु गहन पार्न चीन इच्छुक रहेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn