नेपाली

चीन र साउदी अरबिया बीचको सहयोगको स्तर उकासिँदै आएको

CRIPublished: 2023-01-02 16:14:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०१६ मा चीन र साउदी अरबियाले सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धको स्थापना गर्ने घोषणा गरेका थिए। विगत केही वर्षयता दुई मुलुकले विभिन्न क्षेत्रमा मैत्रीपूर्ण सहयोग गर्दै आएका छन्। दुई मुलुक बीचको सहयोगको स्तर निरन्तर रुपमा उकासिएको छ भने “बेल्ट एण्ड रोड”को संयुक्त निर्माणमा उल्लेखनीय उपलब्धि प्राप्त भएको छ।

साउदी अरबियाको दक्षिणी भागमा अवस्थित चिचान प्रदेशको सदरमूकाम चिचान शहरबाट ८० किलोमिटरको दूरीमा रहेको लाल सागर क्षेत्र पहिले एउटा मरुभूमि थियो। तथापि यहाँ अहिले एउटा आधुनिक औद्योगिक शहर - चि चान आर्थिक शहर बनेको छ।

चि चान आर्थिक शहर “बेल्ट एण्ड रोड” प्रस्तावको मध्य पूर्व क्षेत्रमा रहेको एउटा महत्त्वपूर्ण परियोजना हो। यहाँ तेल प्रशोधन, विद्युत कारखाना, जल ढुवानी, प्रशासनिक क्षेत्र र बसोबास क्षेत्र रहेका छन्। भर्खरै चिनियाँ व्यवसायले निर्माण गरेको चि चान आर्थिक शहरको वाणिज्य बन्दरगाहको संचालन शुरु भएको छ। यो चिनियाँ व्यवसायीले साउदी अरबियामा डिजाइनदेखि संचालनसम्म गरेको पहिलो बन्दरगाह पनि हो।

पूर्वाधार क्षेत्रमा रहेको सहयोग बाहेक, “बेल्ट एण्ड रोड” प्रस्तावको निर्देशनमा परम्परागत ऊर्जा क्षेत्रमा चीन र साउदी अरबिया बीचको सहयोग पनि निरन्तर रुपमा गहन हुँदै आएको छ। साउदी अरबियाको पश्चिमी भागमा रहेको यान बु शहरमा अवस्थित चीन-अरबिया यान बु तेल प्रशोधन कारखाना एउटा द्योतकरुपी निर्माण बनेको छ। यहाँ हरेक वर्ष प्रशोधित तेलको संख्या २ करोड टन भन्दा बढी पुगेको छ। १ हजार भन्दा बढी स्थानीय कर्मचारीहरु यहाँ काम गर्छन्। यहाँको उत्पादक बस्तु युरोप र एसिया प्रशान्त क्षेत्रमा विक्री गरिन्छ। साउदी अरबियाका विद्वान हैसम सैद यसरी भन्नुहुन्छ,

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn