नेपाली

नव वर्षको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको शुभकामना सन्देश

criPublished: 2022-12-31 20:53:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आजको चीन राष्ट्रिय भावना अवलम्बन गरेको चीन हो। यस वर्ष भएका प्राकृतिक प्रकोपहरु जस्तै भूकम्प,बाढी,सुखा खडेरी तथा पहाडी आगलागी लगायत दैवि प्रकोप तथा केही दुर्घटनाबाट हामीलाई चिन्ता तथा दु:खको अनुभव भएको छ। तथापि अरुको जीवनलाई उच्च महत्त्व दिएर कठिन अवस्थामा एक अर्कालाई सहयोग गरेको दृश्य मन छुने रहेको छ। बहादूरहरुको काम स्थायी रुपमा हाम्रो मनमा रहेको छ। पूरानो वर्षको विदाइ गरेर नयाँ वर्षको स्वागत गर्दा हामीले हजारौं वर्षदेखि चीन राष्ट्रको परम्परागत सद्गुणको सम्झना गरी अघि बढ्ने विश्वास लिएका छौँ।

आजको चीन विश्वलाई घनिष्ट जोडिएको चीन हो, यस वर्ष मैले पैचिङमा धेरै पुराना र नयाँ साथीलाई स्वागत गर्नुका साथै विदेशमा गएर चीनको प्रस्तावको जानकारी दिएको थिएँ। अहिले अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन हुँदै हिजोआजकालको विश्व स्थिर नभएकोले हामीले सधैँ नै शान्ति र विकासमा उच्च ध्यान दिनुका साथै हाम्रा साथी र साझेदारीलाई धेरै महत्व दिएर दृढताका साथ उचित इतिहासका साथमा उभिएका छौँ। मानव जातिको सभ्यताको प्रगति गर्ने पक्षमा उभिएका छौँ। मानव जातिको शान्ति र विकास कार्यमा चिनियाँ बुद्धि र चिनियाँ प्रस्ताव प्रदान गरिरहेका छौँ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनपछि म सहकर्मीहरूसँग यान आन गएको थिएँ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले यान आनमा कडा कठिनाइलाई जितेको समयको पुनसम्झना गरेर पुराना पुस्ताका सीपीसी सदस्यहरूको भावना शक्तिको अनुभव गरेको छ। एक सय वर्षको समयमा चिनियाँ कम्युनिष्ट पार्टीले कति धेरै कठिनाइको सामना गरी कति गाह्रो बाटो हिँडेको छ। यी अनुभव कति महान् रहेका छन् भन्ने कुरा मैले बारम्बार भनेको छु। पहिलेको भावनालाई बिँडो थामेर सकेसम्म प्रयास गरी भविश्यको चीनलाई अझ राम्रो बनाउनुपर्छ। भविश्यको चीनमा प्रयास गरी चमत्कारको सिर्जना गर्न सकिन्छ। प्राचीन चीनका एक जना कवि सु शले एउटा नामी भनाइ राखेका छन् सबभन्दा कठिन बाटोबाट मात्र सबभन्दा महान लक्ष्य पाउन सकिन्छ। चीनमा एउटा उखान छः गन्तव्य टाढा भएता पनि प्रस्थान गरेर अन्तिम बिन्दु भेट्न सकिन्छ। पानीको थोपाले ढुङ्गालाई पनि खियाउँछ। काम गाह्रो भएता पनि शुरू गरेपछि सफलको सम्भावना रहन्छ। कठिनाइको सामना गर्ने साहस लिएर सकेसम्म प्रयास गरी हरेक सानो काम पूरा गरी महान् लक्ष्यलाई सुन्दर वास्तविकतामा परिणत गर्न सकिन्छ।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn