नेपाली

नव वर्षको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको शुभकामना सन्देश

criPublished: 2022-12-31 20:53:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२२ मा कमरेड च्याङ च मिनको निधन भयो। हामीले उहाँको महान उपलब्धि तथा आदर्श आचरणको गहन रुपमा सम्झना गरेका छौँ। हामीले उहाँको आशाको निरन्तरता दिएर नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी कार्यलाई लगातार रुपमा अघि बढाउनुपर्छ।

इतिहासको लामो नदीमा शान्दार लहर हुन्छ,पुस्तौँ पुस्ताका चिनियाँहरुको अथक प्रयासले वर्तमान चीनको सिर्जना भएको छ।

वर्तमान चीनको समृद्ध हुने सपना निरन्तर रुपमा पूरा भएको छ। पैचिङ ओलम्पिक खेलकुद र हिउँदे पारा ओलम्पिक खेलकुदको सफल आयोजना गरिएको छ। बरफ र हिउँ खेलाडीहरुले प्रतियोगितामा रोचक प्रदर्शन गरी उत्कृष्ट उपलब्धि हासिल गरेका छन्। शन चौ तेह्र,चौध र पन्ध्र नम्बरको अन्तरिक्ष यान रिले रुपमा प्रक्षेपण गरिएको छ। चिनियाँ अन्तरिक्ष स्टेशनको चौतर्फी रुपमा निर्माण भएको छ। हाम्रो अन्तरिक्ष घर अन्तरिक्षमा स्वतन्त्र रुपमा उडेको छ। चिनियाँ जन मुक्ति सेनाको ९५ औं वर्षको स्थापना दिवस मनाइएको‌ छ। व्यापक अ‌फिसर तथा जवानहरु चिनियाँ सेना शक्तिशाली बन्ने प्रक्रियामा अघि बढेका छन्। चीनको तेस्रो विमानवाहक जहाज फु च्यान नम्बर जलमुनि उपयोग गरिएको छ। पहिलो ठूलो ढाँचे विमान सी ९१९ को ‌‌‌‌‌‌औपचारिक सुरुवात गरिएको छ। बाई ह थान जल विद्युत स्टेशन चौतर्फी रुपमा संचालनमा आएको छ। अत्यधिक चिनियाँहरुको मेहनत तथा पसिनाबाट उक्त महान उपलब्धि हासिल भएको हो। यो नै चिनियाँ शक्ति हो।

आजको चीन प्रेरक शक्ति भरिएको चीन हो। विभिन्न स्वतन्त्र व्यापार क्षेत्र र हाई नान स्वतन्त्र व्यापार बन्दरगाह द्रूत गतिले विकास हुँदै आएको छ। समुद्री तटवर्ती क्षेत्रमा सक्रिय रुपमा आविष्कार हुँदै आएको छ। मध्य तथा पश्चिमी भागको गतिशील विकास हुँदै आएको छ। उत्तर पूर्वी भागको पुन:उत्थान शुरु हुँदै छ। सिमावर्ती क्षेत्रमा उत्थान भएर त्यहाँका बासिन्दाहरु पनि धनी बन्दै छन्। चीनको अर्थतन्त्रको निहित शक्ति ठूलो छ भने त्यसको पूर्ण प्रेरक शक्ति छ। आउने समयमा दीर्घकालीन अवधिसम्म चीनको आधारभूत आर्थिक स्थितिको राम्रो विकास प्रवृति कायम रहने छ। विश्वासमा अ‌डिग भएर स्थिरताका साथ विकास गरे मात्र हामीले निर्धारित लक्ष्य अवश्य नै पूरा गर्न सक्छौँ। चालू वर्ष मैले हङ कङको भ्रमण गर्दा त्यहाँ उपयोगी व्यवस्थापनमार्फत उत्थान हुने भएको देखेपछि मलाई धेरै खुसी लाग्यो। अटलताका साथ एक देश दुई व्यवस्थाको पालना गरेपछि हङ कङ र मकाउ दीर्घकालीन अवधिसम्म अवश्य नै समृद्ध तथा स्थिर हुने छन्।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn