चिनियाँ शैलीको आधुनिकीकरणबारे विश्लेषण
चिनियाँ शैलीको आधुनिकीकरणको अर्को विशेषता साझा समृद्धि हो। विश्व एउटै परिवार हो। यो नै चिनियाँ धारणा हो त्यसैले साझा समृद्धिमा आधारित चिनियाँ शैलीको आधुनिकीकरणले चीनलाई अझ खुला भएर विश्वसँग अरू बढी बजार शेयर गरी विश्व आर्थिक पुनरूत्थानलाई बढाउन शक्ति थप्ने छ।
यसबाहेक चिनियाँ शैलीको आधुनिकीकरणले पर्यावरण, उच्च विज्ञान तथा प्रविधि, मानव आदान-प्रदानलगायतका क्षेत्रमा विभिन्न लाभ पुर्याउने छ। केही साथीको चिन्ता होला, के चीनले साँच्चिकै विश्वसँग शेयर गर्ने इच्छा लिन्छ त? अवश्य, किनभने ती सबै नै चीनले विश्वलाई पुर्याएको लाभमा आधारित अर्को लाभ हो। त्यो भनेको विश्व शान्तिको लाभ हो। केही मुलुकले चीनको विकासलाई तथाकथित विश्व धम्कीको रूपमा लिएको छ तापनि औपनिवेशिकवादको विरोध गर्ने, अतिक्रमण नगर्ने, युद्ध नचलाउने गरी विकास भएको यस आधुनिकीकरण मुलुकले तपाईँलाई पुर्याएको लाभबारे तपाईँले पक्कै अनुभव गर्नसक्नुहुन्छ।