चिनियाँ शैलीको आधुनिकीकरणबारे विश्लेषण
अक्टोबर १६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशन पैचिङमा भव्य रूपमा सुरू भएको छ। सी चिनफिङले सीपीसीको १९औँ केन्द्रिय समितिको तर्फबाट महाधिवेशनलाई कार्य प्रतिवेदन प्रस्तुत गर्दै अहिलेदेखि समस्त चीनका विभिन्न जातिका जनताको नेतृत्व गरी समाजवादी आधुनिकीकरण देशको चौतर्फी निर्माण गरेर चिनियाँ शैलीको आधुनिकीकरणको रूपमा चीन राष्ट्रको महा पुनरूत्थानलाई प्रबर्द्धन गर्नु नै सीपीसीको मुख्य कार्य बनेको उल्लेख गर्नुभएको छ।
चिनियाँ शैलीको आधुनिकीकरण के हो त? अरू आधुनिकीकरण गरेका मुलुकसँग के कस्तो भिन्नता छ? अनि चीनको आधुनिकीकरण र नेपाललगायत विश्वसँग के सम्बन्ध रहेको छ?
सी चिनफिङले कार्य प्रतिवेदन प्रस्तुत गर्दै चिनियाँ शैलीको आधुनिकीकरणको विशेषता र सारबारे व्याख्या गर्नुभएको छ। उहाँले चिनियाँ शैलीको आधुनिकीकरण सीपीसीले नेतृत्व गरेको समाजवाद आधुनिकीकरण भएको तथा विभिन्न मुलुकका आधुनिकीकरणमा साझा विशेषता रहे तापनि चीनसँग आफ्नो राष्ट्रिय अवस्था आधारित चिनियाँ विशेषता रहेको बताउनुभयो। उहाँले अगाडि जानकारी दिनुभयो कि चिनियाँ शैलीको आधुनिकीकरण ठूलो जनसंख्याको आधुनिकीकरण हो, समस्त जनताको साझा सम्पतिको आधुनिकीकरण हो, भौतिक सभ्यता र भावनात्मक सभ्यताबीच समन्वय भएको आधुनिकीकरण हो, मानव र प्रकृतिबीच मेलमिलापयुक्त रूपमा रहेको आधुनिकीकरण हो, शान्तिपूर्ण विकास बाटो हिँडेको आधुनिकीकरण हो।
चिनियाँ शैलीको आधुनिकीकरणले चिनियाँहरूलाई मात्र नभइ विश्वका सबै जनतालाई लाभ पुर्याउने छ। पहिलो, विश्वबाट गरिबी घटाउन मद्दत पुग्ने छ। विश्व जनसंख्याको बीस प्रतिशत पुगेको चीनले मानवजातिको इतिहासमा सबैभन्दा ठूलो गरिबी निवारण युद्धलाई पराजित गरेबाट विश्वको गरिबी घटाउने कार्यलाई महत्वपूर्ण योगदान गरिएको छ। दोस्रो, विश्वको खाद्य संकटलाई घटाउन सहयोग गर्ने छ। विश्वको सबैभन्दा ठूलो खाद्यान्न उत्पादकको रूपमा रहेको चीनले विश्वको ९ प्रतिशत मात्रको खेती जमीनमार्फत विश्वको २५ प्रतिशतको खाद्यान्न उत्पादन गरी विश्वका २० प्रतिशत मानिसको खानेकुरा समस्याको समाधान गरेको छ। साथै चीनले अन्तर्राष्ट्रिय खाद्य सुरक्षा सहयोग प्रस्ताव उठाएको छ, मानवीय सहायता दिएको छ, विकासोन्मुख मुलुकलाई खाद्य प्रविधि सिकाएको छ।