खुट्टा गुमाएका वृद्धको सगरमाथा आरोहणको सपना
आफूले खुट्टा गुमाउनु परे तापनि स्याले सगरमाथाको आरोहण गर्ने सपनालाई भने त्यागेनन्। लगभग ४० वर्ष पछि सन् २०१४ मा स्याले ६५ वर्षको उमेरमा कृत्रिम खुट्टासहित फेरि सगरमाथा आरोहणको असफल प्रयास गरेका थिए। साथै लगातार तीन वर्षसम्म उनको पर्वतारोहण विफल भएको थियो। अन्तमा, सन् २०१८ को मैमा धेरै पटकको प्रयासपछि उनी सगरमाथाको आरोहण गर्न सफल भए। उनी कृत्रिम खुट्टाबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो चिनियाँ हुन्।