खुट्टा गुमाएका वृद्धको सगरमाथा आरोहणको सपना
फोटोमा देखिएको यो वृद्ध मानिसको उमेर अहिले ७३ वर्ष पुगेको छ। उनको नाम स्या पो यु हो। युवाकालमा उनी चिनियाँ पर्वतारोहण टोलीका सदस्य थिए। सन् १९७५ मा स्या पो युले पहिलो पटक सगरमाथाको आरोहण गर्दा आफ्नो सुत्ने झोला त्यस्तै झोला हराएका आफ्नो टोलीको एक सदस्य तिब्बती साथीलाई दिएका थिए। तर, पछि हिउँ र चिसोले उनको खुट्टा खाएपछि शरीरबाट अलग्याउनु परेको थियो। साथै सगरमाथाको आरोहण गर्ने सपनाबाट पनि टाढिनु परेको थियो।