चिङ सिङमा भएको लडाइँ सम्बन्धी कथा-1
चाओ सेनाका सल्लाहकार लि चुओ च्यूले कमाण्डर छन यूलाई एकातिर सेनाका मूल शक्तिद्बारा अगाडिबाट छेक्ने गरी हान सेनासित जुझ्ने र अर्कातिर केही सैनिकहरु शत्रुका पछाडि पठाएर खाद्यान्न जस्ता आवश्यक वस्तु उपलब्ध गराउने त्यसको जरुरी आपूर्ति व्यवस्थालाई भंग गरिदिने सुझाव दिए जसबाट अगाडि र पछाडि दुबैतिरबाट शत्रुलाई च्यापेर सखाप पार्न र हान सिङलाई समात्न सकियोस्। तर छन यू खुला रुपमा अगाडिबाट मुखामुख हुने गरी लड्न चाहने रुढीबादी सैनिक भएकाले आफ्ना सैनिकहरु बढी भएको आड-भरोसा लिएर उनले लि चुओ च्यूको सुझाउलाई अस्वीकार गरिदिए।
यो लेखलाई दुई भागमा विभाजन गरिएको छ। दोस्रो भाग आगामी साता राखिने छ।